back
CTIZAN AD

कविता: अब नयाँ बर्षको आगमनसँगै

वि.सं.२०७८ वैशाख २ बिहीवार

759 

shares

अब नयाँ बर्षको आगमन संगै
साहुको ऋण काडेर
बिदेशमा कामको खोजीमा जान वाध्यजनहरु,
डिभी र पिआर परेर सपरिवार बिदेश जानेहरुलाई
एयरपोर्टमा माला र खादामा सजिएका ती जनलाई
“बधाई ,“ “कंङराचुलेसन“ “ह्याभ अ सेफ जरनी“ भन्नछोडनु पर्छ,

अब नयाँ बर्षको आगमन संगै
शिक्षा ,स्वास्थ्यमा भएको ब्यापारीकरण र नीजिकरण अन्त्य गर्न
गाउँघरमै राम्रो स्वास्थ्य उपचारको सेवा पुर्याउन सार्वजनिक लगानी बृद्धि गरेर
रोग,भोक,कुपोषणको अन्त्य गर्नका लागि
भावी सन्ततिलाई देशमानै गुणस्तरीय शिक्षाको ब्यवस्था गर्नका लागि
सबैलाई सुरक्षित आवासको प्रबन्ध गर्नका लागि
सरकारको ध्यानाकर्षण गराउन पर्छ,

अब नयाँ बर्षको आगमनसंगै
अनियमितता, भ्रष्टाचार र कर छली गरेर
रातारात धनी बन्ने दलालहरुको बिगबिगी अन्त्य गरि
राष्ट्रियपुंजीको निर्माण गरेर
उत्पादन र रोजगारी सुनिश्चित गर्न जोड दिन पर्दछ,

अब नयाँ बर्षको आगमन संगै
असमान सन्धि संझौताहरु राष्ट्रिय हितमा सुधार गराउन,
विदेशीलाई जथाभावी नागरिकता बांडेर
जनसंख्या अतिक्रमण गराउने कार्य अन्त्य गर्न,
आईपिस, एमसीसी र विदेशी जाशुस खुफियाहरु संगको संसर्ग तोडेर
नेपाली भुमि अतिक्रमण बन्द गराई
राष्ट्रियता,स्वाधीनता र सार्बभौमिकता बलियो बनाउन
खबरदारी गर्न विशेष जोड दिनुपर्दछ,

अब नयाँ बर्षको आगमन संगै
दक्षिणपन्थी अवसरवाद र विसर्जनवादका विरुद्ध शसक्त बैचारिक संघर्ष गर्दै
आग्रह,पुर्वाग्रह, गुट र झुन्डलाई फाल्नु छ,
सामुहिकता, हार्दिकता र एकताको भाव सहित
उन्नतस्तरको लोकतान्त्रीक संस्कृतिको निर्माण गर्नुछ ।

अब नयाँ बर्षकोआगमन संगै
हरेक नेपालीको मुहारमा मुस्कान ल्याउने
दृढ अठोट, प्रतिबद्धतासहित समृद्धिको योजना ल्याउनुछ ।।

वि.सं.२०७८ वैशाख २ बिहीवार १२:५९ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

सतीश पण्डित भानु - ६ चुँदी , तनहुँ १. हारलाई...

चारु

चारु

टंक चन्द ठकुरी, तुलसीपुर, दाङ बैगुनी रैछे फूल निमोठेर पात...

सुसेली

सुसेली

ध्रुवराज थापा 'पुरुष' काभ्रे, पनौती हाल: कपन, काठमाडौं १. हे...

गजल

गजल

किशोर कोइराला,सुनसरी लाग्छ सारा चोट दिलका चाहनामा छन् खुसी बल्झिएका...

गजल

गजल

एक नारायण चापागाईँ,दाङ अनुभूति नयाँ के छ कि चिन्तन छ...

गजल

गजल

रमा खतिवडा, पोखरा आज उसले मन पगाल्यो के हुने हो...