back
CTIZAN AD

‘पढाईको नयाँ फण्डा–मेरो स्कुल’ सार्वजनिक, स्मार्ट जमानामा स्मार्ट पढाई

वि.सं.२०७८ वैशाख २ बिहीवार

801 

shares

२ वैशाख, काठमाडौं । एस्ट्रीक टेक्नोलोजिले डिजिटल इ–लर्निङ प्लाटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ ।

कोभिड १९ का कारण छुटेको पढाइलाई पूर्णतादिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ्ग पठाउन तथा जानन चाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक गरिएको हो ।

प्रविधिको युगमा यस्तो विषम परिस्थितीमा प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले यस प्लाटफर्मको विकास गरिएको हो । ‘पढाईको नयाँ फण्डा’ स्लोगन सहित सार्वजनिकभएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्नेछ ।

के हो मेरो स्कुल ?

मेरो स्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ तपाईले नेपाल सरकारको पाठ्याक्रममा आधारित ५ हजार भन्दा धेरै भिडियोहरु पाउनु हुनेछ । यसका साथै यहाँतपाईले पुराना प्रश्न पत्रहरु हल गरिएका भिडियोहरु पनिपाउन सक्नुहुनेछ ।

यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ । यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन्। शैक्षिक पाठ्यक्रमका अलावा यहाँ तपाईहरुले डिजाइनिङ कोर्स,ल्याङवेज कोर्स लगायतका कोर्सहरू पनिपाउन सक्नुहुनेछ ।

यस प्लाटफर्म सार्वजनिक भएको उपलक्ष्यमा १ महिनाको लागि ट्यूटोरियल भिडियाहरु निःशुल्क हेर्न सकिनेछ । यसको सबैभन्दा राम्रो विशेषता भनेको विद्यार्थीहरुले घरैमा बसी यहाँ भएका भिडियोहरु हेरी पढ्न सक्नेछन् । अफलाइन भ्यूइङ्गफिचर पनि भएकोले यहाँ भएका शैक्षिक सामाग्रीहरु आफुले चाहेको समयमा चाहेको ठाउँमा बसी सुपथ मूल्यमा हेर्न सक्नेछन् ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १४:०२ मा प्रकाशित

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...