back
CTIZAN AD

ओलीले अहंकार हटाउने हो भने पार्टीमा धेरै समस्या छैन : नेता भुसाल

वि.सं.२०७८ वैशाख २ बिहीवार

912 

shares

२ बैशाख, काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकार त्यागेर यसबीचमा बिगारेका कुराहरुलाई सुधार गर्न समिक्षा गरे पार्टी पुनः एक हुने बताएका छन । उनले ओलीमा चरम कुर्सी मोह रहेकोले त्यस कुरा त्यागे अझै पनि वाम गठबन्धनको सरकार बन्न सक्ने आधार रहेको बताएका छन् ।

प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ओलीले अहंकार त्यागेर गल्ति महशुस गरे पार्टी एकहुने धारण राखे । ‘ओलीजीले अहंकार हटाउने हो भने पार्टीमा धेरै समस्या छैन’ उनले भने, ‘तर, ओलीजीका अहंकारका अगाडि पार्टीको इतिहास, गौरव, इज्जत र प्रतिष्ठा आत्मसर्मपण हुन दिँदैनौं । पार्टीभित्रै अन्तरसंघर्ष गर्छौं ।’

साथै उनले कुर्सी जोगाउनकै लागि महन्थ ठाकुर गुहार्नुको सट्टा वाम गठबन्धन जोगाउन तिर लाग्न समेत सुझाव दिए । ‘हामी वाम गठबन्धनकै सरकारको पक्षमा छौं । तर, ओलीजीले आफ्नै पार्टी बन्धक बनाएर विभाजनको बाटोमा लग्नु भयो । वाम गठबन्धनलाई बाटो खोलीदिने सट्टा महन्थ ठाकुरजीहरुलाई गुहार्न जानुभएको छ । ओलीजी वाम गठबन्धनकै विरोधी हो,’ उनले भने ।

भुसालले आफु सदैब पार्टी एकताको पक्षमा रहेकोले त्यसका लागि ब्यक्तिगत तवरबाट पनि पहल कदमी चालि रहेको बताए । ‘व्यक्तिगत हिसाबले निरन्तर छलफल गरिरहेको छु । अब पनि ओलीजीको अहंकार नसच्चिने हो भने पार्टीमात्र होइन, देश नै खतरामा पर्छ । ’

वि.सं.२०७८ वैशाख २ बिहीवार १७:२२ मा प्रकाशित

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

एनभीएलको ब्रोडकास्टिङ अधिकार कान्तिपुरलाई, देशभर प्रत्यक्ष हेर्न पाइने

काठमाडौं। केडिया ग्रुपको आयोजनामा नेपालमै पहिलोपटक सञ्चालन हुन लागेको पुरुष...

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

दक्षिण एसियामा एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘Veel’ को औपचारिक सुरुवात

काठमाडौँ | एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म Veel ले आज नेपाल...

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडौं वल्ड स्कुल गुण्डु भक्तपुरले भव्यताका साथ मनायो भानुजयन्ति

काठमाडाैँ । २१३ औँ भानुजयन्तिको अवसरमा काठमाडौं वल्ड स्कुल ,गुण्डु...

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...