back
CTIZAN AD

माओवादी केन्द्रको पर्वत–काठमाडौँ सम्पर्क भेला, शिवलाल पुरीको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन

वि.सं.२०७८ वैशाख ४ शनिवार

891 

shares

४ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) सम्बद्ध पर्वत काठमाडौँ जनसम्पर्क मंचको छैटौं भेलाले शिवलाल पुरीको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

सो मंचका सचिव अशोक पौडेलका अनुसार समितिको उपाध्यक्षमा चन्द्र बहादुर थापा, मोती प्रसाद सुवेदी, सचिव अशोक पौडेल, सहसचिव भगवती तिवारी, शोभा अर्याल, एकनारायण भूसाल, सुभाष पौडेल, सुभाष लामिछाने, हरि प्रसाद बस्याल, कोषाध्यक्षमा कमल रिजाल र सदस्यहरुमा विकास सोनी, युवराज बस्याल, धनबहादुर केसी, पर्शुराम भूर्तेल, घनलाल काफ्ले, नेत्र पराजुली, खगेश्वर भुसाल, सुरेश पाण्डे, सन्दिप सुवेदी, कृष्ण प्रसाद सुवेदी, भोजराज कुँवर, सन्दिप बस्याल, सुविन गिरी, लक्ष्मिपति न्यौपाने, इन्द्रबहादुर क्षेत्री र सवु भट्टराई रहेका छन् भने बाँकी सदस्य पछि पूर्ति गरिने जनाइएको छ ।

सो छैठौँ भेलाको उद्घाटन नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले गरेका थिए भने सो मंचका इन्चार्ज डिलाराम आचार्य, बुद्धिजीवीहरु निलकण्ठ तिवारी र मनहरी तिमिल्सिनाले विभिन्न अनभूति सहितको मन्तव्य दिएका थिए । नारायण काफ्लेको सभापतित्व, अशोक पौडेलको संचालन र धर्मागत भूसालको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा मंचको गण्डकी प्रदेश संयोजक तारा कुमालले नवनिर्वाचित समितिलाई बधाई दिएकी थिइन् ।

कार्यक्रममा धौलागिरी समाजका उपाध्यक्ष भक्तराज भूसालले शुभकामना दिएका थिए भने अध्यक्ष नारायण काफ्लेले प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बुद्धिजीवी नेता भरत शर्मा, कर्मचारी महासंघका दीपक तिवारी, यामबहादुर बसेल, प्राध्यापक शेरबहादुर गुरुङ तथा बाग्लुङ–काठमाडौं सम्पर्क मंचकी देवी शर्मा, नेकपा माओवादी केन्द्रकी नेतृ बलावती शर्मा लगायतको आतिथ्यता रहेको थियो भने भीमनाथ रेग्मी अध्यक्ष तथा मनहरी तिमिल्सिना, धर्मागत भूसाल र नारायण काफ्ले सदस्य रहेको निर्वाचन मण्डलले सम्पर्क समितिको नामावली प्रस्तुत गरेको थियो ।

नवनिर्वाचित अध्यक्ष पुरीका अनुसार सो मंचको आगामी बैठकले सल्लाहकारहरुको चयन गर्ने तथा मंचको कार्ययोजना ठोस गर्नेछ ।

वि.सं.२०७८ वैशाख ४ शनिवार २०:०१ मा प्रकाशित

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

तीन महिनामा तीन हजार बढी विपद्का घटना , १६० जनाको मृत्यु

काठमाडौँ । बितेका तीन महिनामा देशभर विपद्का तीन हजार २९६...

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

जब रामकोटको होमस्टेमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

बन्दीपुर (तनहुँ) । तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुरमा जापनिज इन्सेफ्लाइटिसको जोखिम कायमै

कञ्चनपुर । चार वर्षदेखि जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका बिरामी नदेखिएको...

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

आज साउने सङ्क्रान्ति पर्व, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने...

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आज देशैभरी वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि...