back
CTIZAN AD

बुहारी भित्र्याउँदा बुहारी आफ्नै छोरी परेपछि…

वि.सं.२०७८ वैशाख ४ शनिवार

936 

shares

४ चैत्र । चीनको च्याङसु प्रान्तको सूजौ शहरमा रमाइलो घटना घटेको छ ।

मार्च ३१ दिन छोराको विवाहमा बुहारी भित्र्याउने क्रममा बेहुलाकी आमाले बुहारी आफ्नै छोरी भएको थाहा पाइन् ।
ती महिलाले हुनेवाला बुहारीको हातमा आफ्नो हराएको छोरीको जस्तै जन्मदाग देखेपछि देखेपछि अचम्म परिन् । ती महिलाको छोरी २० वर्ष अघि हराएकी थिइन् ।

बेहुलीका बाबुआमासँग सोधपुछ गरी हेर्दा यो पत्ता लाग्यो की उनीहरुले २० वर्ष अघि बाटो छेउमा ती बालिकालाई भेटाएर छोरीका रुपमा अपनाएका रहेछन् ।

जन्म दिने आमा र छोरी एकापसमा अँगालो हालेर रोए । त्यो भन्दा पनि अचम्म त तब भयो आफ्नो छोरी सानोमा हराएपछि ती महिलाले पनि एक बालकलाई छोराका रुपमा अपनाएकी रहेछन्, जसकोे विवाह हुँदै थियो ।

उनीहरुको एकापसमा रगतको नाता नभएकोले विवाह कार्य सम्पन्न भयो । विवाहको दिन अचम्मको आफनो कहानी अगाडि आएपछि र आफ्नी आमा भेटेपछि खुशी भएकी ती बेहुलीले रुँदै मिडियामा भनिन् ‘आफ्नो विवाहको दिन आफ्नो विवाह भन्दा जन्म दिने आमालाई भेट्न पाउँदा लागेको छ ।’(एजेन्सी)

वि.सं.२०७८ वैशाख ४ शनिवार २०:२८ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...