
४ चैत्र । चीनको च्याङसु प्रान्तको सूजौ शहरमा रमाइलो घटना घटेको छ ।
मार्च ३१ दिन छोराको विवाहमा बुहारी भित्र्याउने क्रममा बेहुलाकी आमाले बुहारी आफ्नै छोरी भएको थाहा पाइन् ।
ती महिलाले हुनेवाला बुहारीको हातमा आफ्नो हराएको छोरीको जस्तै जन्मदाग देखेपछि देखेपछि अचम्म परिन् । ती महिलाको छोरी २० वर्ष अघि हराएकी थिइन् ।
बेहुलीका बाबुआमासँग सोधपुछ गरी हेर्दा यो पत्ता लाग्यो की उनीहरुले २० वर्ष अघि बाटो छेउमा ती बालिकालाई भेटाएर छोरीका रुपमा अपनाएका रहेछन् ।
जन्म दिने आमा र छोरी एकापसमा अँगालो हालेर रोए । त्यो भन्दा पनि अचम्म त तब भयो आफ्नो छोरी सानोमा हराएपछि ती महिलाले पनि एक बालकलाई छोराका रुपमा अपनाएकी रहेछन्, जसकोे विवाह हुँदै थियो ।
उनीहरुको एकापसमा रगतको नाता नभएकोले विवाह कार्य सम्पन्न भयो । विवाहको दिन अचम्मको आफनो कहानी अगाडि आएपछि र आफ्नी आमा भेटेपछि खुशी भएकी ती बेहुलीले रुँदै मिडियामा भनिन् ‘आफ्नो विवाहको दिन आफ्नो विवाह भन्दा जन्म दिने आमालाई भेट्न पाउँदा लागेको छ ।’(एजेन्सी)