back

नासाद्वारा चन्द्रमामा विशाल टेलिस्कोप जडान गरिने

वि.सं.२०७८ वैशाख ५ आइतवार

513 

shares
GLOBAL IME AD
NTC AD

ऐजेन्सी । सबैभन्दा पहिला Arecibo ले सौर्य मण्डलमा रहेका ग्रहहरुको खोजी शुरु गरेको थियो । अनुसन्धानको क्रममा शुक्र ग्रह र अन्य दुई तारा फेला पारेपछि त्यसले बैज्ञानिक अल्बर्ट आइन्सटाइनको सापेक्षताको सिद्धान्तलाई सहि प्रमाणित गरिदिएको थियो ।

अहिले अमेरिकी एजेन्सी नासाको अनुसन्धान प्रयास द्वारा चन्द्रमामा टेलिस्कोप जडान गर्ने योजना बनिरहेको छ । जसलाई लुनर क्रेटर रेडियो टेलिस्कोप भनिएको छ । यसलाई प्योर्टो रिकोको Arecibo टेलिस्कोप अनुसार बनाउने काम गरिने छ । सो टेलिस्कोपमा अन्तरिक्षबाट विशाल रेडियो वेब जडान गरिने छ, जसको मद्दतले बैज्ञानिकहरुले सिग्नलको अध्ययन तथा अनुसन्धान गर्न सक्नेछन् । चन्द्रमामा लगाइने उक्त टेलिस्कोपबाट पृथ्वीको तुलनामा कम ध्वनी सुनिने भएकाले यसको धेरै फाइदा हुने बैज्ञानिकहरुको अनुमान छ ।

लुनर क्रेटर निर्माण गर्नको लागि रोबर्टको सहायताले १ किलोमिटर चौडा भएको डिस चन्द्रमाको सतहमा जडान गरिने छ । यो टेलिस्कोप Arecibo भन्दा तिन गुणा ठुलो चौडाइको हुनेछ । नासाले यस अनुसन्धान कार्यमा जुट्नेहरुलाई ५ लाख डलर दिने घोषणा गरेको बताइएको छ , जसले यो टेलिस्कोपको डिजाइन र निर्माणको योजना तयार गर्न सक्छ ।

Photo : www.nasa.gov

वि.सं.२०७८ वैशाख ५ आइतवार ०७:३६ मा प्रकाशित

भर्चुअल रियालिटीमा छाउपडी प्रथा

भर्चुअल रियालिटीमा छाउपडी प्रथा

काठमाडौँ । सुदूरपश्चिमकी १३ वर्षे एक किशोरी पहिलो पटक महिनावारी...