back
CTIZAN AD

एकैदिन थपिए १०९६ कोरोना संक्रमित, ८ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख ५ आइतवार

783 

shares

५ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५०८४ पिसीआर र ६९९ ऐन्टिऐजिन परीक्षणमा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका १०९६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २६२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७५ हजार ३०० रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९६.७. प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको निधन भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । मन्त्रालयका अनुसार आज थपिएका ८ सहित नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३०८३ पुगेको छ ।

त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ६२९० रहेको छ भने ८५जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख ४५ हजार ५०१ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी थपिए ८४३ कोरोना संक्रमित, ५ जनाको निधन

 

वि.सं.२०७८ वैशाख ५ आइतवार १७:१९ मा प्रकाशित

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आजे...

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देहीमा माइक्रो बस दुर्घटनामा सहचालकको मृत्यु

रूपन्देही । ओमसतिया गाउँपालिका २ सरस्वती टोलस्थित सडकमा भैरहवाबाट बुटवलतर्फ...

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

ड्रेस टु इम्प्रेस’ १३ औँ संस्करणमा चार फेशन डिजाइनर भए उत्कृष्ट

काठमाडौँ । फेसनसम्बन्धी नेपालको अग्रणी एकेडेमी स्कूल अफ फेसन एन्ड...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याज पीडितद्वारा सरकारसँग वार्ताका लागि समिति गठन

मिटरब्याजविरुद्ध आन्दोलनरत किसान–मजदुरले सरकारसँग वार्ताका लागि ६ सदस्यीय वार्ता समिति...