
५ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५०८४ पिसीआर र ६९९ ऐन्टिऐजिन परीक्षणमा १०९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका १०९६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।
त्यसैगरी आज देशैभरी २६२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २६२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७५ हजार ३०० रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९६.७. प्रतिशत हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको निधन भएको विवरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको छ । मन्त्रालयका अनुसार आज थपिएका ८ सहित नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या ३०८३ पुगेको छ ।
त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ६२९० रहेको छ भने ८५जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख ४५ हजार ५०१ कोरोनाका नमुना परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टामा देशैभरी थपिए ८४३ कोरोना संक्रमित, ५ जनाको निधन