६ बैशाख, काठमाडौं । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमणको जोखिम बढिरहेका बेला स्कुल खोलेर निम्न कोटीको व्यवहार नगर्न अनुरोध गरेका छन् ।
कोरोना भाइरसको नयाँ प्रजातिले दैनिक सयौं बालबालिका संक्रमित भइसकेको अवस्थामा जोखिम जिल्लाका स्कुलहरु तत्काल बन्द गर्नुपर्ने समेत डा. पाण्डेले बताएका छन् ।
बालबालिकाको जीवनरक्षा गर्न तथा बालबालिकामार्फत् घर–घरमा संक्रमण फैलाउने क्रम बन्द गर्न भन्दै जोखिम जिल्लाका विद्यालयमा अनलाइन प्रणालीमा लैजानु अपरिहार्य रहेको सुझाव समेत डा. पाण्डेको रहेको छ ।
भोलिदेखि नै स्कुल बन्द गरौँ
.
अहिले फैलिएको कोरोना महामारी पहिलेभन्दा धेरै जटिल छ | कोरोना भाइरसको नयाँ प्रजातिले दैनिक…Posted by Rabindra Sameer on Sunday, April 18, 2021
https://sansarnews.com/269588/
वि.सं.२०७८ वैशाख ६ सोमवार ०९:५४ मा प्रकाशित






























