Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

दृष्टिविहीन विश्वकप क्रिकेटमा पाकिस्तानसँग नेपाल पराजित



२१ माघ, काठमाडौँ । दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको चौथो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।

भारतको नयाँ दिल्लीमा भएको खेलमा नेपाल पाकिस्तानसँग १० विकेटले पराजित भएको हो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ११६ रनको योगफल बनायो ।

जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले सात दशमलव पाँच ओभरमा कुनै विकेट नै नगुमाई लक्ष्य भेट्टायो । नेपालका सुनिल रानामगरले ४०, रमेशबहादुर बाँनियाले १५ र लोकबहादुर थापाले १० रन जोड्नेबाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।

यता पाकिस्तानका लागि भने रियासद खानले ५६ तथा मति उल्लाहले ५० रन जोडे । नेपालले यसअघि खेलेको तीन खेलमा एक खेलमा जित तथा बाँकी दुई खेलमा हार बेहोरेको थियो ।

नेपालले हिजो बिहीबार भएको दक्षिण अफ्रिकाविरुद्धको खेलमा ६ विकेटको जित हासिल गरेको थियो भने बुधबार बङ्गलादेशसँग ५९ रनले तथा मङ्गलबार अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थियो ।

नेपालले भोलि शनिबार वेस्ट इन्डिजसँग खेल्नेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम