back
CTIZAN AD

खुसियाली छायो कोइरालाथोकमा

वि.सं.२०७३ माघ २१ शुक्रवार

1K 

shares

२१ माघ, काठमाडौँ । खानेपानीको अभावले पिरोलिएका चन्द्रागिरि नगरपालिकाको कोइरालाथोकका स्थानीयवासीमा खानेपानीको व्यवस्थापन भएपछि अहिले खुसियाली छाएको छ ।

मसिने भन्ने ठाउँमा रहेको मूलबाट खानेपानीको उपभोग गरिरहेका सो क्षेत्रका बासिन्दामा गत वर्षको भूकम्पले मूल सुकाएपछि खानेपानीको चरम अभाव भएकाले सिस्नेखोलामा रु २१ लाख बराबरको लागतमा ७५ हजार लिटरको ट्याङ्कीमा जम्मा गरेर ५०० मिटरको पाइपबाट माथि डाँडामा पानी वितरण गरिएको छ ।

ट्याङ्की निर्माणमा चन्द्रागिरि नगरपालिकाको रु १५ लाख रकम तथा पाइपलाइन विस्तारमा अक्सफाम नेपाल, लुमन्ती खानेपानी र डिप्रोस नेपालको रु छ लाख ७४ हजार रकम सहयोगमा आयोजनाले पूर्णता पाएको हो ।

स्थानीय नारायण भुर्तेल भन्नुहुन्छ – “भूकम्पपछि खानेपानीको अभावले निकै पिरोलेको थियो, अहिले ट्याङ्की निर्माणपछि हाम्रो आधा दुःख कम भएको छ ।”

तत्काललाई ७० घरले खानेपानी पाउने भए पनि अर्को ट्याङ्की निर्माण भएकामा कोइरालाथोक, भुर्तेलथोकका समेत गरी ३०० घरधुरीलाई खानेपानी पुग्ने बताइएको छ ।

माथि डाँडामा समेत अर्को एक लाख लिटर क्षमताको ट्याङ्की निर्माण गरी थप भण्डारणको क्षमता बढाएर पूरै गाउँलाई खानेपानी वितरण गर्ने लक्ष्य राखिएको नागढुङ्गा खानेपानी तथा सरसफाइ समितिका कोषाध्यक्ष मधुकर बस्नेतले बताउनुभयो ।

डाँडामा नयाँ ट्याङ्की निर्माणका लागि नेपाल सरकारको रातो किताब योजना परिसकेकाले काम अघि बढ्नेमा स्थानीयवासी आश्वस्त छन् । रासस

वि.सं.२०७३ माघ २१ शुक्रवार १०:२७ मा प्रकाशित

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

नेपाल बीमा प्राधिकरणद्वारा बाढीपीडितका लागि १० करोड सहयोग

काठमाडौँ। रसुवा र नुवाकोटमा आएको पहिरो तथा बाढीले पु¥याएको ठूलो...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण ज्यान गुमाउनेको...

सुन र चाँदीको मूल्य घट्यो

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।...

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

हेटौँडा । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब...