back
CTIZAN AD

बेल्जियममा २८५३ औं सोनाम ल्होछार मनाइयो (तस्बिर सहित)

वि.सं.२०७३ माघ २१ शुक्रवार

882 

shares

lochharbलुभेन बेल्जियम । बेल्जियम स्थित तामांग समाजले २८५३ औं सोनाम ल्होछार चरा नयाँ वर्ष भब्यताका साथ मनाएको छ ।
यसै हप्ता सम्पन्न सो कार्यक्रममा समाजका अध्यक्ष राम लामाको अध्यक्षतामा आफ्नो संस्कार, रितिरिवाज,धर्म,भाषा, भेष(भुषालाई जगेर्ना गर्न र निरन्तरता दिने कार्यक्रममा बेनेलक्सका महामहिम राजदूत लोक बहादुर थापाप्रमुखअतिथि हुनुहुन्थ्यो ।
अतिथिहरुमा गैर आबसिय अन्तराष्ट्रिय समन्वय परिषद्का केन्द्रिय सचिब अर्जुन कुमार श्रेष्ठ ,नेपाल पत्रकार महासंघ यूरोप शाखाका अध्यक्ष केजिन राई, तामांग समाज युरोप भेला आयोजक तदर्थ समितिका संयोजक बाबु राजा लामा, गैर आबसिय अन्तराष्ट्रिय समन्वय परिषद्का यूरोपका उप(संयोजक प्रेम गुरुङ गैर आबसिय अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य जानकी गुरुङनेपाल आदिबासी जनजाति महासंघ बेल्जियम अध्यक्ष पी, जी, शेर्पा, गैर आबसिय संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम, पोर्चुगल तामाङ्ग समाजका अध्यक्ष सोनाम योञ्जन तामांग,अतिथिहरुमा जनसम्पर्क समितिका प्रतिनिधि सह(महामन्त्री बिष्णु प्रसाद सापकोटा, जनप्रगतिशील मंचका ऊपाध्यक्ष होम गुरुङ, प्रबासी नेपाली मंचका अध्यक्ष बोधराज पौडेल, संघीय समाजबादी फोरमका कार्यबाहक अध्यक्ष फुला शेर्पा, यूरो कलाकार संघका अध्यक्ष पार्वती अधिकारि, नेपाल ब्यबसायी संघ अध्यक्ष सी,पी, भट्ट, अनेसासका अध्यक्ष दिपकज्योति पोडेल, , एभरेस्ट समाज ब्रुग्गेका प्रतिनिधि महासचिब पुनम शर्मा, इन्द्र धनुष क्लबका अध्यक्ष मिण्ड गुरुङ, बेल्जियम स्थित सातवटै जातीय संघ(संस्था लगायत विभिन्न संघ(संस्था समाजका अध्यक्ष एबम प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो ।

lochhar2
कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दे आशा घले थोकरले सबै पाहुनाहरूलाई स्वागत गरेका थिए भने लोछार सम्बधि चन्द्र लामा गोलेले ब्याख्या गरेका थिए ।

lochhar3
आपैचारिक कार्यक्रम महासचिब जोगमान तामांगले संचालन गरेका थिए भने सांस्कृतिक साँझ चन्द्र ब्लोन तामांगले सन््चालन गरेका थिए ।
समाजको ईतिहासमा हाल सम्मकै भब्य र बिशाल कार्यक्रम सम्पन्न गरेकोमासमाजका अध्यक्ष राम लामाको सबैले ब्यापक प्रसंशा गरेको पाईयो । नेपालबाट तीनजना कलाकारहरू नेपालतारा सन्तोष लामा, चर्चित मोडल र नृत्यांगना रश्मि तामांग र ू म्हेन्दोमाया।।,’का गायक सागर एस वाइबाको ऊपस्थिती र प्रस्तुतीले कार्यक्रम ज्यादै संफल बनेको थियो भने पोर्चुगलबाट गायक मेघ लामा ,संजय लामाको प्रस्तुतीले सुनमा सुगन्ध थपेको पाईयो ।

locha45

वि.सं.२०७३ माघ २१ शुक्रवार १२:०८ मा प्रकाशित

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

एनआरएनए अफ्रिकाद्वारा राहत संकलनलाई तिब्रता, एक करोड रुपैयाँभन्दा बढी राहत सहयोग जुट्ने अपेक्षा

लागोस, नाइजेरिया । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत...

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...