६ बैशाख, काठमाडौं । पुष्पलाल अध्ययन समाजद्धारा प्रस्तावित पुष्पलाल विपी कोइराला संयुक्त जनआन्दोलन पार्क निर्माणका लागि विभिन्न समितिहरु गठन भएका छन् ।
बैशाख ५ गते शनिबार पुष्पलाल लोकमार्ग र विपी राजमार्गको संगम मानिने गोलन्जोर ७ सिन्धुलीको ठाटी चोकमा सम्पन्न भएको एक बैठकले समितिहरु निर्माण गरेको हो ।
पूर्वसांसद तथा वामपन्थी नेता देवशंकर पौडेल, गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्कर बहादुर कार्कीको विशेष उपस्थिति तथा रोम बहादुर देवकोटा, नवराज श्रेष्ठ, जगतबहादुर बस्नेत, फणिन्द्र न्यौपाने, एकलाल श्रेष्ठ, शरद प्रसाद आचार्य, भुवन फुयाँल, भरत गौतम, किरण मोक्तान, श्रीहरि श्रेष्ठ, ज्ञान कुमार श्रेष्ठ, मोतीराज सापकोटा, रेगन थापा, धर्म थापा, केपी पोखरेल, कृष्ण देवकोटा, रोशन श्रेष्ठ, निर्माण देवकोटा, विवश थापा, राजन कार्की, विक्रम कार्की, रामबावु थापा, माधव पोखरेल लगायतको उपस्थितिमा सम्पन्न सो बैठकले डिपीआर निर्माण समिति र विधान मस्यौदा समिति निर्माण गरेको हो ।

पुष्पलाल अध्ययन समाजका सहभागी भरत गौतमका अनुसार गोलन्जोर गाउँपालिकाका अध्यक्ष पुष्प बहादुर कार्की, संयोजक तथा एकलाल श्रेष्ठ, श्रीहरि श्रेष्ठ, किरण मोक्तान र दिपक राज पोखरेल रहेको डिपीआर समिति तथा एकलाल श्रेष्ठ संयाजेक तथा भुवन, मोती सापकोटा, कृष्ण पोखरेल र रेगन थापा रहेको विधान मस्यौदा समिति गठन गरिएको छ ।

यसअघि पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईको अध्यक्षतामा बसेको बैठकले प्रक्रिया अघि बढाउन एकलाल श्रेष्ठ संयोजक तथा देवशंकर पौडेल, श्रीहरि श्रेष्ठ, किरण मोक्तान र भरत गौतम रहेको ५ सदस्यीय उपसमिति निर्माण गरेको थियो ।

वि.सं.२०७८ वैशाख ६ सोमवार ११:४९ मा प्रकाशित






























