
वैशाख ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक स्थगित भएको छ ।
माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश शाहका अनुसार पछिल्लो राजनीतिक परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने आवश्यकता देखिएसँगै बैठक स्थगित गरिएको हो । माओवादी केन्द्रले सोमबार दिउँसो १ बजेका लागि स्थायी समिति बैठक बोलाएको थियो ।
उनका अनुसार स्थगित बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ ।
सत्ता समिकरण र कर्णाली विद्रोहबारे छलफल गर्न बोलाइएको बैठक सरकारले जारी संसद अधिवेशन अन्त्य गरेसँगै स्थगित भएको हो । सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन अन्त्य गरेकी थिइन् ।