back
CTIZAN AD

नेपालले आज मलेसियाको सामना गदैँ, यस्तो छ दुवै टिमको सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७८ वैशाख ६ सोमवार

594 

shares

६ वैशाख, काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपाली राष्ट्रिय टिमले आज मलेसियाको सामना गदैँ ।

नेपालले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । नेपालले सोही लयलाई कायम राख्दै मलेसियामाथि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिनेछ। मलेसिया भने आफ्नो पहिलो खेलमा नेदरल्याण्डसँग १५ रनले पराजित भएको थियो ।

पहिलो खेलमै फराकिलो जित हासिल गरेको नेपालले आजको खेलको प्लेइङ्ग-११ मा परिवर्तन गर्ने सम्भावना निकै कम रहेको छ ।
त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र मलेसिया बिचको खेल नेपाली समय अनुसार १:१५ बाट सुरु हुनेछ ।

नेपालको सम्भावित प्लेइङ्ग-११
ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल भुर्तेल, साहब आलम।

मलेसियाको सम्भावित प्लेइङ्ग-११
सायद अजिज, अनवर अरुदीन, अहमद फेज, वीरन्दीप सिंह, अमिनुदीन राम्ली, शफिक सरिफ, खिजार हायत, मुहमद वाफिक, शर्विन मुनीदी, पवनदीप सिंह, अनवर रहमान।

वि.सं.२०७८ वैशाख ६ सोमवार १२:३८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...