
६ बैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमणले दिनहुँ नयाँ रेर्कड कायम गरेको छ । दैनिक लाखौंको संख्यामा मानिसहरु कोरोना संक्रमण भइरहेको तथ्यांक सार्वजनिक भएके छ ।
भारतमा आइतबार मात्रै २ लाख ७१ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । साथै १ हजार ५७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या यो वर्षको सबैभन्दा धेरै रहेको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।
भारतमा हालसम्म झण्डै १ करोड ५० लाखमा कोरोना भाइरसको संक्रमण भइसकेको छ भने ती मध्ये १ करोड २९ लाख ५७ हजार २९७ जना कोरोनाबाट मुक्त भएका छन् । साथै भारतमा हालसम्म १ लाख ७८ हजार ७४३ जनाले ज्यान गुमाएका छन् ।
त्यस्तै सबैभन्दा बढी प्रभावित भएको राज्य महाराष्ट्रमा आइतबार ६८ हजार ६३१ जना कोरोना संक्रमित थपिएका छन् भने ५३० जनाको मृत्यु भएको छ ।
महाराष्ट्रमा हालसम्म ३८ लाख ३९ हजार मानिहरुमा कोरोना संक्रमण भइसकेका छन् भने ती मध्ये ३१ लाख ६ हजार ८२८ जना निको भइसकेका छन् । महाराष्ट्रमा ६० हजार ४७३ जनाले ज्यान गुमाइसकेका छन् भने हाल ६ लाख ७० हजार ३८८ जना सक्रिय सक्रमित रहेका छन् ।
त्यस्तै एकैदिन १० हजार भन्दा बढी संक्रमित राज्यमा महाराष्ट्र ६८ हजार ६३१, उत्तर प्रदेश ३० हजार ५६६, दिल्ली २५ हजार ४६२, कर्णाटक १९ हजार ७२३, राजस्थान १० हजार ५१४ र गुजरातमा १० हजार संक्रमित भएको तथ्यांक रहेको छ ।