back
CTIZAN AD

भारतमा दिनहुँ नयाँ रेर्कड राख्दै कोरोना, २४ घण्टामा २ लाख ७१ हजार बढी संक्रमित

वि.सं.२०७८ वैशाख ६ सोमवार

603 

shares

६ बैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमणले दिनहुँ नयाँ रेर्कड कायम गरेको छ । दैनिक लाखौंको संख्यामा मानिसहरु कोरोना संक्रमण भइरहेको तथ्यांक सार्वजनिक भएके छ ।

भारतमा आइतबार मात्रै २ लाख ७१ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । साथै १ हजार ५७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको यो संख्या यो वर्षको सबैभन्दा धेरै रहेको समाचार ऐजेन्सीहरुले जनाएका छन् ।

भारतमा हालसम्म झण्डै १ करोड ५० लाखमा कोरोना भाइरसको संक्रमण भइसकेको छ भने ती मध्ये १ करोड २९ लाख ५७ हजार २९७ जना कोरोनाबाट मुक्त भएका छन् । साथै भारतमा हालसम्म १ लाख ७८ हजार ७४३ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै सबैभन्दा बढी प्रभावित भएको राज्य महाराष्ट्रमा आइतबार ६८ हजार ६३१ जना कोरोना संक्रमित थपिएका छन् भने ५३० जनाको मृत्यु भएको छ ।

महाराष्ट्रमा हालसम्म ३८ लाख ३९ हजार मानिहरुमा कोरोना संक्रमण भइसकेका छन् भने ती मध्ये ३१ लाख ६ हजार ८२८ जना निको भइसकेका छन् । महाराष्ट्रमा ६० हजार ४७३ जनाले ज्यान गुमाइसकेका छन् भने हाल ६ लाख ७० हजार ३८८ जना सक्रिय सक्रमित रहेका छन् ।

त्यस्तै एकैदिन १० हजार भन्दा बढी संक्रमित राज्यमा महाराष्ट्र ६८ हजार ६३१, उत्तर प्रदेश ३० हजार ५६६, दिल्ली २५ हजार ४६२, कर्णाटक १९ हजार ७२३, राजस्थान १० हजार ५१४ र गुजरातमा १० हजार संक्रमित भएको तथ्यांक रहेको छ ।

वि.सं.२०७८ वैशाख ६ सोमवार १२:४४ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...