back
CTIZAN AD

विवाधका बिच युरोपियन सुपर लिगको घोषणा, क्लब र खेलाडी प्रतिबन्धमा पर्ने खतरा

वि.सं.२०७८ वैशाख ६ सोमवार

663 

shares

६ वैशाख, काठमाडौं । युरोपका उत्कृष्ट १२ क्लबहरु मिलेर नयाँ फुटबल प्रतियोगिता युरोपियन सुपर लिग (ईएसएल) को घोषणा गरेका छन् । रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो परेजको प्रस्तावमा सुरुभएको नयाँ लिगको घोषणा भएको हो ।

सुपर लिगमा हाल इंग्ल्यान्डका ६ टिम म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमले सहभागिता जनाउने भएका छन् । त्यस्तै स्पेनबाट बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड सहभागि हुने भएका छनभने इटालीबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान रहेका छन् ।

प्रस्ताव अनुसार लिगको संस्थापक क्लबमा थप ३ क्लब थपेर १५ बनाइने समेत जनाइएको छ । लिगमा संस्थापक १५  क्लब र युरोपका लिगमा गरेको प्रदर्शनका आधारमा थप  ५ क्लब गरी २० क्लबले प्रतिस्पर्धा गर्ने तयारी रहेको छ ।

तर, विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफले भने ईएसएल खेल्ने क्लब र खेलाडीलाई प्रतिबन्ध लगाउने यसअघिनै उद्घोष गरि सकेको छ ।

वि.सं.२०७८ वैशाख ६ सोमवार १३:५४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...