back
CTIZAN AD

अफगानिस्तानबाट बाहिरिने अमेरिकाको रहस्यपूर्णँ कदम, कहाँ होला आगामी शक्तिको केन्द्रीकृत ?

वि.सं.२०७८ वैशाख ६ सोमवार

612 

shares

वैशाख ६, काठमाडौं । अमेरिकाले निकै लामो समयदेखि चलाईरहेको अफगानिस्तान मिसन बन्द गर्ने घोषणा गरेको छ । घोषणाअनुसार आगामी २०२१ सेक्टेम्बरसम्म सबै अमेरिकी सैन्य अफगानिस्तानबाट फिर्ता भईसक्नेछन् ।

अमेरिकाले अफगानिस्तानबाट सैन्य मिसन फिर्ता लैजाँदै गर्दा विश्व राजनीतिमा धेरै प्रश्नहरु उब्जीएका छन् । पश्चिमी एसिया हेर्न राखिएको अफगानिस्तान मिसन अमेरिकाले किन एकाएक फिर्ताको निर्णय लियो ? फिर्ता सैन्य शक्तिलाई अमेरिकाले कहाँ केन्द्रीत गराउँदैछ ?

अमेरिकी विदेश मन्त्री एंटनी ब्लिंकनले यसबारे विशेष खुलासा गरेका छन् । आइतबार ब्लिंकनले आगामी नयाँ मिसनको लागि अफगानिस्तानबाट सैन्य शक्ति फिर्ताको निर्णय निकै महत्वपूर्णं भएको बताए । उनले अफगानिस्तानबाट फिर्ता हुने शक्ति नयाँ ठाउँमा केन्द्रीत हुने पनि खुलासा गरेका छन् ।

ब्लिंकनका अनुसार अफगानिस्तानबाट फिर्ता हुने मुख्य सैन्य शक्ति दक्षिण चीन सागरमा तैथान हुनेछ ।

हाल चीनले दक्षिण चीन सागरमा आफ्नो भूमिकालाई बढाईरहेको छ । अमेरिकाले जापान, कोरिया, अष्ट्रेलिया र भारतसहितका देशसँग मिलेर दक्षिण चीन सागरमा आफुँलाई अगाडि बढाउन चाहिरहेको छ ।

यसअघि अमेरिकाले उक्त क्षेत्रमा संयुक्त सैन्य अभ्यास पनि सञ्चालन गरेको थियो । चीनले भने उक्त क्षेत्र आफ्नो अधिकारभित्रको क्षेत्र भएको बताउँदै अन्य शक्तिलाई प्रवेशमा अवरोध गर्दै आएको छ । हाल उक्त क्षेत्रमा चीनले निकै ठूलो सैन्य शक्ति पनि परिचालन गरेको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७८ वैशाख ६ सोमवार १४:१२ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...