back

अफगानिस्तानबाट बाहिरिने अमेरिकाको रहस्यपूर्णँ कदम, कहाँ होला आगामी शक्तिको केन्द्रीकृत ?

वि.सं.२०७८ वैशाख ६ सोमवार

303 

shares
GLOBAL IME AD
NTC AD

वैशाख ६, काठमाडौं । अमेरिकाले निकै लामो समयदेखि चलाईरहेको अफगानिस्तान मिसन बन्द गर्ने घोषणा गरेको छ । घोषणाअनुसार आगामी २०२१ सेक्टेम्बरसम्म सबै अमेरिकी सैन्य अफगानिस्तानबाट फिर्ता भईसक्नेछन् ।

अमेरिकाले अफगानिस्तानबाट सैन्य मिसन फिर्ता लैजाँदै गर्दा विश्व राजनीतिमा धेरै प्रश्नहरु उब्जीएका छन् । पश्चिमी एसिया हेर्न राखिएको अफगानिस्तान मिसन अमेरिकाले किन एकाएक फिर्ताको निर्णय लियो ? फिर्ता सैन्य शक्तिलाई अमेरिकाले कहाँ केन्द्रीत गराउँदैछ ?

अमेरिकी विदेश मन्त्री एंटनी ब्लिंकनले यसबारे विशेष खुलासा गरेका छन् । आइतबार ब्लिंकनले आगामी नयाँ मिसनको लागि अफगानिस्तानबाट सैन्य शक्ति फिर्ताको निर्णय निकै महत्वपूर्णं भएको बताए । उनले अफगानिस्तानबाट फिर्ता हुने शक्ति नयाँ ठाउँमा केन्द्रीत हुने पनि खुलासा गरेका छन् ।

ब्लिंकनका अनुसार अफगानिस्तानबाट फिर्ता हुने मुख्य सैन्य शक्ति दक्षिण चीन सागरमा तैथान हुनेछ ।

हाल चीनले दक्षिण चीन सागरमा आफ्नो भूमिकालाई बढाईरहेको छ । अमेरिकाले जापान, कोरिया, अष्ट्रेलिया र भारतसहितका देशसँग मिलेर दक्षिण चीन सागरमा आफुँलाई अगाडि बढाउन चाहिरहेको छ ।

यसअघि अमेरिकाले उक्त क्षेत्रमा संयुक्त सैन्य अभ्यास पनि सञ्चालन गरेको थियो । चीनले भने उक्त क्षेत्र आफ्नो अधिकारभित्रको क्षेत्र भएको बताउँदै अन्य शक्तिलाई प्रवेशमा अवरोध गर्दै आएको छ । हाल उक्त क्षेत्रमा चीनले निकै ठूलो सैन्य शक्ति पनि परिचालन गरेको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७८ वैशाख ६ सोमवार १४:१२ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

चितवन दुग्ध उत्पादक सहकारी र प्रभु बैंकबिच किसान लक्षित कर्जा सम्बन्धी समझदारी

काठमाडौँ । माननीय कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय...

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

महिला टी-ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ । महिला टी-ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...