६ वैशाख, काठमाडौं । हाल विद्यमान साधारण शेयर (आईपीओ) १० कित्ता सबैलाई पुगेसम्म बाढ्ने नीति नेपाल धितोपत्र बोर्डले हटाउने तयारी गरेको छ । अब यो व्यवस्था हटाएर कम्तीमा ५० कित्ता दिने गरी बोर्डले नियम ल्याउने अन्तिम तयारी गरेकाे छ ।
बिगत केही समयदेखि याे व्यवस्था हटाउने चर्चा चलेपनि यसअघि साना लगानीकर्ताहरूको विरोधका कारण बोर्डले निर्णय लिन सकेको थिएन । अबभने १० कित्ते नीति पुनरावलोकन भएर कम्तीमा ५० कित्ताको निति ल्याउन लागेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जनाकारी दिए ।
पछिल्लो समय आईपीओ आवेदकहरूको संख्या ठूलो भएको छ । डिम्याट खाता खोल्नेको संख्या ३४ लाखभन्दा बढी पुगिसकेको छ । त्यसमध्ये कम्तिमा कुनैपनि कम्पनीले आईपीओ जारि गर्दा ५० प्रतिशत भन्दा बढीले आवेदन दिने हुदा पर्ने सम्भावना न्यून हुदै गरेकाे छ ।
१० कित्ते नीति हटाउनुपर्ने माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पूँजी बजार फोरमले बोर्ड अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । तर अझै कहिलेदेखि नयाँ व्यवस्था लागु हुन्छ भनेर मिति भने तोकी सकिएकाे छैन । १० कित्ता आईपीओ परेर मात्रपनि आम्दानी राम्रो नहुने र कम्तीमा ५० कित्ता बनायो भने पर्नेलाई राम्रो आम्दानी हुने बोर्डको बुझाइ रहेको छ ।
वि.सं.२०७८ वैशाख ६ सोमवार १५:२८ मा प्रकाशित



























