अमेरिकाको न्युयोर्कका नेपाली समुदायका प्रतिनिधि Yi(Andy) Chen लाई सघाउन एक कार्यक्रमको आयोजना गरी तथा सम्मन तथा समर्थन गरिएको छ ।
अप्रिल १७ का दिन न्युयोर्ककको कुइन्सस्थित ज्याक्सन हाइट्सको डाइभरसिटी प्लाजामा सिटी काउन्सील डिष्ट्रिक २५ का उम्मेदवार Yi(Andy) Chen को समर्थनका लागि आयोजना गरिएको कार्यक्रम भव्यताका साथ सफल भएको छ ।
समर्थन कार्यक्रममा हेवेन्ली पाथ अमेरिकाकी सभापति सुकुरुम्दाली राईको टिमले नेपाली टोपी, व्याच, माला र खादा लगाइदिएर vote for Yi(Andy) Chen भन्दै ज्याक्सन हाइट वरिपरी परिक्रमा गराएर डाइभरर्सिटी प्लाजामा पुगेर कार्यक्रमको सुरुवात गरिएको थियो ।
कार्यक्रममा सुजना स्वागत मन्तव्य दिँदै राईले सिटी काउन्सीलका उम्मेदवार Yi(Andy) Chen नेपालीका लागि मात्र नभएर अन्य देशबाट आएर डिष्ट्रिक २५ मा बस्ने सबैका लागि आवस्यक उम्मेदवार र सबैको हकहितका काम गर्न तयार रहने व्यक्तित्व रहेको बताएकी थिइन् ।
त्यसैगरी डिष्ट्रक २५ का सिटी काउन्सील उम्मेदवार Yi(Andy) Chen ले यस्तो विशेष परिस्थितिमा पनि नेपाली समुदायबाट यस्तो भव्य कार्यक्रम आयोजना गरेर समर्थन गरेको भन्दै सबैलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका थिए ।
उनले अहिले कोरोना महमारीका कारण सबै प्रभावित भएको, धेरैको व्यवसायमा समस्या देखिएको तथा पछिल्लो समयमा ‘एसियन हेट’ को समस्या ज्यादै बढेको भन्दै सबै मिलेर यो समस्या समाधानका लागि लाग्नुपर्ने बताए ।
‘हाम्रो जिल्लामा धेरै काम गर्नुछ । जुन कामको लागि म अघि बढेको छु,’ उनले भने, ‘ संसारको जुन कुनाबाट आएर अमेरिकामा बसेको भए पनि सबै मिलेर बस्नुपर्ने र सबै मिलेर कम्युनिटीको हितमा काम गर्नुपर्छ । अपाङ्गता भएका, वृद्धवृद्धा बालबालिका तथा शिक्षाका लागि हामीले अझै धेरै गर्नुछ ।’
उनले सबै मिलेर कम्युनिटीलाई बलियो बनाउनु पर्ने बताउँदै नेपाली कम्युनिटी सेन्टर, नेपाली एकताका लागि नेपाली भाषा, सस्कृति, संस्कार संरक्षणका लागि आफु सदैव सहयोग गर्न तत्पर रहेको प्रतिबद्दता जाहेर गरेका थिए । उनले नेपालीहरुका लागि खेलकुद मैदान तथा खेलकुद क्षेत्रका लागि सहज र सजिलो हुने गरी योजना अगाडि बढाउने, पार्कहरुको व्यवस्थाका लागि आवस्यक योजना बनाउने लगायतका विभिन्न काममा आफु लागिपर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
Yi(Andy) Chen ले नेपालीहरुको अंग्रेजी राम्रो नभएका कारण ड्राइभिङ लाइसेन्स लगायत अन्य टेष्टमा समस्या रहेकाले नेपाली भाषामै दिन पाउने वातावरण मिलाउने तथा सरकारी निकायमा दोभासेको व्यवस्था गर्ने प्रतिबद्धता समेत गरेका थिए ।
कार्यक्रममा एनआरएनए अमेरिकाका पुर्वक्षेत्रिय उपसंयोजक तथा हालका संरक्षक नविन शेरचनले अमेरिकी मुलधार राजनीतिमा प्रवेश गर्नु सबैको आवस्यकता रहेको बताउँदै भावि सन्ततीलाई यसमा समावेश गराउन जरुरी रहेको भन्दै Yi(Andy) Chen का लागि भोट मागेका थिए ।
त्यसैगरी प्रवासी नेपाली एकता मन्चका अध्यग्क्ष टेक गुरुङले थ्ष्९ब्लमथ० ऋजभल नेपाली समुदायसँगको धेरै कुरामा नजदिक रहेर सहकार्य गर्दै आएको बताउँदै अन्य उम्मेदवारको हिसावमा उनी योग्य र आवस्यक व्यक्ति रहेकोले सबैले सहयोग गर्नुपर्ने बताए ।
जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले छिमेकी मुलुक चीनका नागरिक नेपाली समुदायसँग धेरै कुरामा मिल्दो जुल्दो भएकाले उनलाई विजयी बनाउन सबैले सहयोग गर्नुपर्ने बताउँदै Yi(Andy) Chen ले नेपाली मुदायको ठूलो समर्थन पाएको हुनाले चुनाव जितिसकेको भन्दै बधाई तथा जितका लागि अग्रिम शुभकामना दिएका थिए ।
कार्यक्रममा जनजाति महासंघ अमेरिका (फिप्ना) का अध्यक्ष लोक चेम्जोङले अमेरिकी मुलधारको राजनीतिमा नेपाली समुदायले पनि चासो र प्रवेश गर्नु अहिलेको आवस्यकता रहेको भन्दै सबैको सहयोग लिँदै र दिँदै अगाडि बढ्नुपर्ने बताए । चेम्जोङले सधै चन्दा उठाएर मात्र संस्था चलाउने नभएर सिटी गभरमेन्टबाट पनि सहयोग लिने वातावारण बनाउनुपर्ने बताए ।
कार्यक्रममा वरिष्ठ गायिका बसन्ती राई र सुवर्ण शाक्यले विभिन्न गीत गाएर रमाइलो गराएका थिए भने रोशन राई र फुर्साङ्ग तामाङले नृत्यु प्रस्तुत गरेका थिए । साथै हेवेन्ली पाथ अमेरिकाको टिमले प्राण रहुन्जेलसम्म अरुको सेवा गर्न पाउ भन्ने गीत सुनाएका थिए ।
Yi(Andy) Chen को चुनाव प्रचार–प्रसार विभागका प्रमुख दिपेन्द्र लामाले कार्यक्रम संचालन गर्दै Yi(Andy) Chen र उनको भावि योजनाका बारेमा सबैलाई बताएका थिए । उक्त कार्यक्रमको संयोजन केशबराम राईले गरेका थिए ।
वि.सं.२०७८ वैशाख ६ सोमवार १६:२६ मा प्रकाशित