back
CTIZAN AD

अफ्रिकामा १७ लाख वर्ष पहिला भएको थियो आधुनिक मानव मस्तिष्कको उत्पत्ति

वि.सं.२०७८ वैशाख ७ मंगलवार

1K 

shares

सन्सारन्युज । आधुनिक मानव मस्तिष्क संरचनाको उत्पत्ति १५ देखि १७ लाख वर्ष पहिला अफ्रिकी होमो जातिहरुमा विकास भएको थियो । सो जातिहरुका मानिसहरुले पहिले देखि नै दुई खुट्टाले हिँड्न शुरु गरेको अध्ययनले देखाएको छ । स्विट्जरल्यान्ड ज्युरिख विश्वविद्यालयका सोधकर्ताहरुका अनुसार ति अफ्रिकी होमो जातिका पुर्खाहरु लगभग २५ लाख पहिले देखि नै उभिएर हिँड्ने गर्दथे । तर उनिहरुको मस्तिष्कको आकार आदिम बाँदरको जस्तो थियो, अर्थात उनिहरुको मस्तिष्कको आकार आधुनिक मानिसको तुलनामा आधा कम थियो ।

सोधकर्ता समुहका अनुसार त्यो अवस्थाको व्यक्तिगत मस्तिष्कको क्षेत्रफल पनि आधुनिक मस्तिष्क भन्दा भिन्न थियो । विश्वविद्यालयका मानव विभागका मार्या पोस डी लियोनले आफ्नो एक बयानमा बताएका छन्, ‘मानिसको लागि एउटा विशिष्ट विशेषता भनेको मस्तिष्कको अग्रभाग हो, जसले विचार गर्ने, जटिल प्रकारका योजना निर्माण गर्ने र त्यसलाई कार्यान्वयन गर्ने काम गर्छ ।’

अनुसन्धानकर्ता समुहले टोमोग्राफीको सहायताले अफ्रिका, जर्जिया र जावा क्षेत्रमा रहने मानिसहरुको टाउकाको जिवास्म माथि अनुसन्धान गरेका थिए । यस पश्चात उनिहरुले बाँदरहरुको जिवास्म सँग पनि तुलनात्मक रुपमा अध्ययन गरेक थिए । अनुसन्धाबाट उनिहरुले यो पत्ता लगाए कि, अफ्रिका भन्दा बाहिरको पहिलो होमो आवादी क्षेत्र वर्तमान जर्जियामा उहि मस्तिष्क थियो जो अफ्रिकी सँग मिल्दोजुल्दो थियो ।

मस्तिष्कको आकार सानो भएपनि सो मानव जातिले आफ्नो लागि आवश्यक पर्ने अनेकौं प्रकारका हातहतियार निर्माण गर्न सक्षम थिए । उनिहरु युरेशियाको नयाँ पर्यावरणिय परिस्थिति अनुकुल रहेर जिवनयापन गर्दथे । उनिहरुले आफ्नो लागि खाद्यान्नको स्रोत जुटाउन सक्षम थिए र उनिहरु समुहमा रहेर एकले अर्कोलाई पनि सहयोग गर्ने गर्दथे । मानव बैज्ञानिक डी लियोनका अनुसार मानव भाषाको सुरुवात यहि अवधिबाट भएको थियो ।
एजेन्सी

 

वि.सं.२०७८ वैशाख ७ मंगलवार ०७:१८ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...