back

पैयूँ कला प्रतिष्ठानद्धारा सरसफाइ जागरण अभियान २०७८ सम्पन्न

वि.सं.२०७८ वैशाख ८ बुधवार

309 

shares
RBB AD
NTC AD

८ बैशाख, पर्वत । ‘संस्कृतिमा विविधता, विविधतामा एकता’ भन्ने मूल नाराका साथ ‘पैयूँ कला प्रतिष्ठान’ ले सरसफाइ जागरण अभियान २०७८ सम्पन्न गरेको छ ।

पर्वतको दक्षिण क्षेत्रको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका, करोडौं सनातन हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने (जहाँ तीनवटा गाउँपालिका ( पैयूँ, बिहादी र महाशिला ) को संगमस्थल) ‘पैयूँकोट’ मा मंगलबार सरसफाइ जागरण अभियान सम्पन्न गरिएको हो ।

विभिन्न चाडपर्वहरुमा जस्तै यसवर्ष पनि चैतेदशैको अवसर पारेर दुर्गा माताको दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको पैयूँकोटमा प्रतिष्ठानले सरसफाइ जागरण अभियान, दुर्गा माताको भजन गाउनुका साथै नृत्य पनि प्रस्तुत गरिएको थियो । कलाकारहरू बबिता हिताङ, जमुना पौडेल, शिला हिताङ, मन कुमारी नेपाली, कुस्मिता पौडेल र सृष्टि सेनको विशेष प्रस्तुति रहेको थियो ।

No description available.

पैयूँकोट पूजा व्यवस्थापन समितिका आजीवन सदस्य तथा पैयूँ गा.पा.–६ का वडा अध्यक्ष थानेश्वर तिवारीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रभात, उपाध्यक्ष मनोज सुनवार, सचिब गगन परियार, सह–कोषाध्यक्ष समीर शाही लगायत सम्पूर्ण प्रतिष्ठान परिवार र शुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न उक्त अभियान कार्यक्रममा विशेष सहयोगिको भुमिकामा थनु मल्ल लगायत रहेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिब गगन परियारले गरेका थिए ।
उक्त कार्यक्रममा तिनवटै पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिहरूलाई आमंत्रण गरिएको भएपनि कोहि पनि उपस्थित नभएपछी सर्वसाधारणहरुले गुनासो गरेको पनि आयोजकले जनाएको छ ।

No description available.

वि.सं.२०७८ वैशाख ८ बुधवार १६:०८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पालिकाद्वारा किसानलाई व्यावसायिक बनाउन ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’

पालिकाद्वारा किसानलाई व्यावसायिक बनाउन ‘बिरुवा हाम्रो, फल तपाईंको कार्यक्रम’

पर्वत । किसानलाई व्यावसायिक फलफूल खेतीमा आकर्षित गर्न फलेवास नगरपालिकाले...

आइपिभी खोप एघार हजार बालबालिकालाई लगाइँदै

आइपिभी खोप एघार हजार बालबालिकालाई लगाइँदै

ढोरपाटन (बागलुङ) । बागलुङमा यस वर्ष ११ हजार सात सय...

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

गण्डकी । कास्कीमा ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न...

गत फागुनदेखि खानेपानी आयोजनाको निर्माण ठप्प

गत फागुनदेखि खानेपानी आयोजनाको निर्माण ठप्प

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था...

मकैमा फौजी कीराको सङ्क्रमण

मकैमा फौजी कीराको सङ्क्रमण

गलेश्वर (म्याग्दी) । लामो समयको खडेरीपछि परेको लगातारको वर्षाका कारण...

तनहुँ आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै

तनहुँ आगलागी अपडेट : क्षतिको विवरण सङ्कलन गरिँदै

दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका-३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति...