back
CTIZAN AD

पैयूँ कला प्रतिष्ठानद्धारा सरसफाइ जागरण अभियान २०७८ सम्पन्न

वि.सं.२०७८ वैशाख ८ बुधवार

1.5K 

shares

८ बैशाख, पर्वत । ‘संस्कृतिमा विविधता, विविधतामा एकता’ भन्ने मूल नाराका साथ ‘पैयूँ कला प्रतिष्ठान’ ले सरसफाइ जागरण अभियान २०७८ सम्पन्न गरेको छ ।

पर्वतको दक्षिण क्षेत्रको ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक महत्व बोकेका, करोडौं सनातन हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने (जहाँ तीनवटा गाउँपालिका ( पैयूँ, बिहादी र महाशिला ) को संगमस्थल) ‘पैयूँकोट’ मा मंगलबार सरसफाइ जागरण अभियान सम्पन्न गरिएको हो ।

विभिन्न चाडपर्वहरुमा जस्तै यसवर्ष पनि चैतेदशैको अवसर पारेर दुर्गा माताको दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको पैयूँकोटमा प्रतिष्ठानले सरसफाइ जागरण अभियान, दुर्गा माताको भजन गाउनुका साथै नृत्य पनि प्रस्तुत गरिएको थियो । कलाकारहरू बबिता हिताङ, जमुना पौडेल, शिला हिताङ, मन कुमारी नेपाली, कुस्मिता पौडेल र सृष्टि सेनको विशेष प्रस्तुति रहेको थियो ।

No description available.

पैयूँकोट पूजा व्यवस्थापन समितिका आजीवन सदस्य तथा पैयूँ गा.पा.–६ का वडा अध्यक्ष थानेश्वर तिवारीको प्रमुख आतिथ्यतामा प्रतिष्ठानका अध्यक्ष गोविन्द प्रभात, उपाध्यक्ष मनोज सुनवार, सचिब गगन परियार, सह–कोषाध्यक्ष समीर शाही लगायत सम्पूर्ण प्रतिष्ठान परिवार र शुभचिन्तकहरुको उपस्थितिमा सम्पन्न उक्त अभियान कार्यक्रममा विशेष सहयोगिको भुमिकामा थनु मल्ल लगायत रहेका थिए भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिब गगन परियारले गरेका थिए ।
उक्त कार्यक्रममा तिनवटै पालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिहरूलाई आमंत्रण गरिएको भएपनि कोहि पनि उपस्थित नभएपछी सर्वसाधारणहरुले गुनासो गरेको पनि आयोजकले जनाएको छ ।

No description available.

वि.सं.२०७८ वैशाख ८ बुधवार १६:०८ मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...