back
CTIZAN AD

गीत सङगीत क्षेत्रमा उदाउँदै ढकाल

वि.सं.२०७८ वैशाख ८ बुधवार

579 

shares

८ बैशाख, काठमाडौँ । मनिष ढकाल पछिल्लो समय लोक पप, आधुनिक गीतको क्षेत्रमा स्थापित नाम हो । उनका गीतहरु ‘बटौली’, ‘रकेट’, ‘खोवामीत’, ‘प्रदेशी नभन’, ‘तिलहरी’ बजारमा आएका छन् ।

सबैजसो गीत चर्चामा रहन सफल छन् । पछिल्लो पटक बजारमा आएको गीत ‘बटौली’ ले युट्युबमा राम्रो भ्युज बटुलेको छ । उनका पाँच नयाँ गीत रेकर्ड भइसकेका छन् भने ‘चुरापोते’, ‘उडूँउडूँ’, ‘तलतल’, ‘यो के भयो’ र ‘केटाभन्दा केटी धेरै’ बोलका गीत बजारमा आउँदै छन् । “अब आउन लागेका गीत पनि उत्तिकै मेहनेत गरी बनाइएको छ”, उनी भन्छन्, “सबै गीतले दर्शक स्रोताको मन जित्ने विश्वास लिएको छु ।”

ती गीतले २५ वर्षीय ढकालको साङ्गीतिक यात्रालाई अझै फराकिलो बनाउने देखिन्छ । उनका गीतमा चर्चित कलाकारले अभिनय तथा शब्दसङ्गीत गर्ने गरेका छन् । केही गीतमा ढकालको आफ्नै अभिनय छ ।

उनका सबै गीत एकल स्वरमा आधारित छन् । अब आउने गीत ‘चुरापोते’ मा भने उनी र रचना रिमालको स्वर छ । डकाल बाल्यकालदेखि नै गीत, सङ्गीतमा रुचि राख्थे । “ कक्षा २ मा पढ्दा पहिलो पटक स्टेज चढेर गीत गाएको हुँ”, विसं २०७२ मा पहिलो पटक गीत रेकर्ड गरेर औपचारिक रुपमा साङ्गीतक क्षेत्रमा लागेका उनी भन्छन्, “विभिन्न मेला, महोत्सव तथा आइडलमा पनि भाग लिएको छु ।”

अन्य युट्युब च्यानलबाट गीत बजारमा ल्याइने गरे पनि अब आफ्नै व्यक्तिगत च्यानलबाट ल्याउने तयारी रहेको उनले बताए। ढकाल गीत सङ्गीतका क्षेत्रमा प्रशस्तै सम्भावना रहेको देख्छन् । “राम्रो गर्न सके थोरै सिर्जनाबाट पनि चर्चा बटुल्न सकिन्छ”, उनले भने, “मेहनेतपूर्वक सिर्जना गरियो भने छिट्टै दर्शक, स्रोताको नजरमा पर्न सकिन्छ ।” उनले गीत सङ्गीतका क्षेत्रमा केही विकृति रहेको बताए । “ यस क्षेत्रलाई इज्जत र सम्मानजनक पेशाका रुपमा विकास गर्न अग्रज तथा स्थापित कलाकारले विशेष ध्यान पुर्याउनुपर्छ”, उनले भने ।

ढकाल घरपरिवारकै हौसला र प्रेरणाका कारण साङ्गीतिक क्षेत्रमा आफू प्रवेश गरेको बताउँछन्। उनका बुवा रामप्रसाद सफल उद्योग व्यवसायी छन् । “मलाई गायक बनाउने बुवाको ठूलो चाहना थियो”, उनी भन्छन्, “बुवाको सपना साकार पार्न पाएकामा निकै खुशी छु ।” उनले अझै थुप्रै मेहनेत गरी स्थापित कलाकार बन्ने आफ्नो इच्छा रहेको बताए ।
रासस

वि.सं.२०७८ वैशाख ८ बुधवार १६:१० मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...