back
CTIZAN AD

एनआरएनए युकेको अध्यक्षमा प्रेम गाहा मगरले उम्मेदवारी दिने

वि.सं.२०७८ वैशाख ८ बुधवार

681 

shares

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको २०२१–२०२३ को निर्वाचनमा प्रेम गाहा मगरले उम्मेदवारी दिने भएका छन् । दुई कार्यकाल उपाध्यक्षका भूमिका निर्वाह गरिसकेका वर्तमान उपाध्यक्ष गाहामगर अध्यक्ष पदका बलिया दावेदार मानिन्छन् ।

एनआरएनए युकेको अध्यक्षको उम्मेदवारको रुपमा हेरिएका आइसीसी सदस्य दयानिधि सापकोटा, उपाध्यक्षहरु रामचन्द्र पोखरेल, मोहन कार्की तथा नारायण कंडेलले गाहा मगरलाई नै अध्यक्षको उम्मेदवारको रुपमा प्रस्ताव गरेका छन् । साथै अघिको चुनावका लोकप्रिय उम्मेदवार शेर बहादुर सुनारले पनि समर्थन गरेकाले गाहा मगर अध्यक्षका लागि बलियो उम्मेदवारको रुपमा अगाडी आएका हुन् । एनआरएनए युके अन्तर्गत इङ्गल्याण्ड राज्य परिषद्का उपाध्यक्ष एल बी जेड गुरुङले पनि गाहा मगरलाई समर्थन गरेका छन् ।

एनआरएनए युकेलाई आर्थिक रुपमा स्वच्छ र पारदर्शी बनाउन कार्यसमितिभित्र लडिरहेका गाहामगरले नयाँ सदस्यता आवेदनका लागि बेलायतबासी नेपालीलाई आव्हान समेत गरेका छन् । सामाजिक संजालदेखि इमेल, टेलिफोन र मोबाइल म्यासेज गरेर संस्थाको सदस्य बनि आफ्नो एजेण्डालाई सहयोग गर्न उनले आग्रह गरिरहेका छन, सदस्यता ड्राइभ गरिरहकै छन् । बेलायतभर सदस्यता एकैपटक ड्राइभ गर्ने विभिन्न ठाउँमा स्वयंसेवकहरु पनि खटाइसकेको उनले जानकारी दिएका छन् ।

गुल्मीमा जन्मेका गाहामगर बर्षाैदेखि सुल्झन नसकेको भूतपूर्व गोर्खाहरुको समस्या समाधान गर्न यतिबेला लागि परेका छन् । एनआरएनए युके गोर्खा विभागको प्रमुख संयोजक समेत रहेका गाहा मगरले गत महिनामात्रै बेलायतस्थित प्रमुख गोर्खा संघसंस्थाहरुलाई एकै ठाउँमा बोलाएर छलफल तथा अन्तरक्रिया गराएका थिए । ति निष्कर्षहरुलाई बेलायतस्थित नेपाली दुतावासमार्फत नेपाल सरकारलाई र ब्रिटिश प्रधानमंत्री बोरिस जोनसनलाई पठाई सकेका छन् । “पद मा रहुँ वा नरहूँ , न्याय र समानताका लागि हाम्रा भेट्रानहरुले गएको तीन दशकदेखि राख्दै आउनुभएका मागहरु पूरा नभएसम्म मैले विश्राम लिने छैन’ उनले भने ।

नेपालमा राष्ट्रिय बक्सिङ खेलाडी रहीसकेका गाहामगरले सन् १९९६ मा ब्रिटिश गोर्खामा प्रवेश गरेका थिए । त्यस लगत्तै सन् १९९७ मा उनले ब्रिटिश सेनाको तर्फÞबाट विभिन्न मुलुकमा भएका बक्सिङ्ग प्रतियोगितामा भाग लिएका थिए । सामाजिक सेवामा सधैं दत्तचित्त गाहा मगरले एनआरएनएमा पहिलो पटक उपाध्यक्ष हुँदा (२०१७–१९) बक्सिङ्ग शो सहित च्यारिटी डिनर, नेपालका अपांग दाजुभाई दिदी बहिनीहरुको सहयोगार्थ कार्यक्रम तथा भ्वाइस अफ नेपाल कन्सर्ट सफलतापूर्वक सम्पन्न गरेका थिए । गतवर्ष कोरोना संक्रमणबाट भूतपूर्व गोर्खा परिवारलाई जोगाउन उनले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री समेत निशुल्क वितरण गरेका थिए ।

एनआरएनए युकेमा नयाँ सदस्यता ड्राइभ गरिरहेका उपाध्यक्ष गाहामगरले छिट्टै भर्चुअल रुपमा पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने योजना बनाएको बताए । “बेलायतको गोर्खा समुदाय लगायत सबै जात, जाति र समुदायको हित सुरक्षित गर्नुक साथै नेपाली समुदायलाई सशक्त र एकजुट बनाउनु मेरो एक मात्र लक्ष्य हो,“ उनले भने ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १६:२० मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...