८ वैशाख, काठमाडौँ । वर्षाले प्रभावित त्रिकोणात्मक टी–२० श्रृखला अन्तर्गत मलेसिया र नेदरल्याण्ड बिचको खेल बराबरीमा रोकिएको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले १३ ओभरमा ४ विकेट गुमाएर १०७ रन बनाएका थिए । त्यसपछि वर्षाको कारणले गर्दा नेदरल्याण्डले ब्याटिङ्ग गर्ने मौका पाएन । नेदरल्याण्डका लागि ब्याटिङ्गमा बेन कुपरले सर्वाधिक ५४ रन बनाएका थिए भने मलेसियाका लागि बलिङ्गमा मुहम्मद वाफिकले सर्वाधिक २ विकेट लिएका थिए ।
डकवोर्थ-लुईस-स्टर्न विधिबाट मलेसियाले १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । ९२ रनको लक्ष्य पाएको मलेसियाले १० ओभरमा ४ विकेट गुमाएर ९१ रन मात्र बनाएर पछि खेल बराबरीमा रोकिएको थियो । मलेसियाका लागि सैयद अजीजले सर्वाधिक ३० रन बनाएका थिए भने नेदरल्याण्डका लागि बलिङ्गमा सेबस्टियान ब्राटले सर्वाधिक २ विकेट लिएका थिए ।
खेल बराबरी रोकिएसँगै त्रिकोणात्मक टी–२० श्रृखलाकाे फाइनलमा नेपाल र नेदरल्याण्डले प्रवेश गरेका छन ।
वि.सं.२०७८ वैशाख ८ बुधवार १६:३४ मा प्रकाशित