back
CTIZAN AD

पछिल्लो २४ घण्टामा थपिए २३५१ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ७८६ जना संक्रमित

वि.सं.२०७८ वैशाख ८ बुधवार

720 

shares

८ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ८,८४४ पिसीआर र ८०३ ऐन्टिऐजिन परीक्षणमा २,३५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा पिसीआर विधिबार २,२२० र ऐन्टिजेन १३१ जना गरी जम्मा २,३५१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी उपत्यकामा आज १,०५१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका २३५१ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ८९ हजार ९८१ पुगेको छ ।

त्यसैगरी आज देशैभरी २८७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २८७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७५ हजार १०९३ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९५.३ प्रतिशत हो ।

त्यसैगरि पछिल्लाे २४ घण्टामा काेराेनाकाे कारण १० जनाकाे निधन भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । अाज थपिएका १० जनासँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ हजार १ सय १२ पुगेकाे छ ।

त्यस्तै हाल देशैभरी सक्रिय संक्रमितको संख्या १० हजार ५८२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८३६ जना र होम आइसोलेशनमा ९,७४६ जना रहेका छन् । साथै ८६ जना क्वारेन्टिनमा रहेका छन् ।

त्यस्तै हालसम्म देशैभरीका अस्पतालका आइसोलेशनमा १८० जना उपचाररत छन् । ती मध्ये ४७ जना भेन्टिलेटरमा रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म देशैभरी पिसीआर प्रविधिबाट २३ लाख ५९ हजार ४४१ कोरोनाका नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा एकसातामा गरिएको २३ हजार ९०० पिसीआर परीक्षणमा ५ हजार ११४ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये ७९३ जना निको भएको तथ्यांक रहेको छ । नेपालमा एकसातामै १६२ प्रतिशत कोरोना संक्रमण बढेको पनि मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७८ वैशाख ८ बुधवार १७:०३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...