
वैशाख ८, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्व सर्वोच्च रिट पेश गरेको छ । बुधबार फागुन २८ र त्यसयता अध्यक्ष ओलीले गरेका निर्णय गैरकानूनी र पार्टी विधान विपरित भउको भन्दै उनीहरु सर्वोच्च पुगेका हुन् ।
मंगलबार अध्यक्ष ओलीले माधव नेपाल निकटका २७ जना प्रतिनिधि सभा सदस्य र ५ जना प्रदेशसभा सदस्यमाथि कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण मागेका थिए । २ दिनको समयसीमा दिएर स्पष्टीकरण सोधिएपछि माधव समूह अदालत पुगेको हो ।
रिटमा एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाइएको छ ।
माधव समूह ढिला अदालत गएको कारण बुधबार भने रिट दर्ता भएको छैन् । कर्मचारीले ३ बजे पछि अदालत पुगेका कारण माधव समूहलाई फिर्ता पठाईदिएको छ ।