back

मेरियट होटलमा ओली र माधव नेपालबीच वार्ता, सहभागी भन्छन् – वार्ता सकारात्मक भयो

वि.सं.२०७८ वैशाख ८ बुधवार

156 

shares
NTC AD
Global IME AD

वैशाख ८, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । विभाजनको संघारमा पुगेको एमालेका दुई नेताबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो ।

झण्डै दुई घण्टासम्म चलेको भेटवार्तामा एमालेका अन्य नेताहरु पनि सहभागी भएका थिए । दुई नेताबीच वार्ता गराउन अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले मुख्य भूमिका खेलेको थिए ।

भेटवार्तामा के कुराकानी भयो भन्ने विषय भने बाहिर आएको छैन् । दुवै पक्षले भेटवार्ताबारे केहि खुलाएका छैनन् । भेटवार्तामा सहभागी नेता मोतिलाल दुगडले भने पत्रकारलाई वार्ता सकारात्मक भएको बताएका छन् ।

यसअघि बुधबार दिउँसो माधव पक्षीय नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेरै वार्ता र छलफलबाट निकास खोज्न आग्रह गरेका थिए ।

सर्वोच्च अदालतको फैसलासँगै ब्यूँतिएको एमालेमा सुरुवातदेखि नै विवाद छ । फागुन २८ मा प्रधानमन्त्री ओलीले आफुँ पक्षीय केन्द्रीय समितिको बैठक राख्दै एकल रुपमा निर्णय गरेसँगै एमाले विभाजित अवस्थामा पुगेको थियो । ओली पक्षीय बैठकको निर्णयलाई काउण्टर गर्दै माधव पक्षले समानान्तर कमिटीको अभ्यास गरेको छ ।

पछिल्लो कर्णाली प्रकरणसँगै एमालेको विवाद फुटको स्थितिमा छ । कर्णाली घटनासँगै ओलीले माधव नेपालसहित उनी पक्षीय सबै सांसद र नेतामाथि कारबाही गर्ने योजनामा स्पष्टीकरण सोधेका छन् । ओलीले स्पष्टीकरणमा सबै नेतालाई पार्टीबाट निष्कासन गर्न नपर्नुको कारण माग गरेका छन् ।

वि.सं.२०७८ वैशाख ८ बुधवार २०:४३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पदयात्राका लागि निस्कदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

पदयात्राका लागि निस्कदै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

रामबहादुर थापा, गण्डकी । पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ...

अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

अन्तत : सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री पद नेकपा एसको पोल्टामा

काठमाडौं । गठबन्धनभित्रै लामो रस्साकस्स्सीपछि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पद नेकपा...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

नेपाली सेनाले माग्यो ठूलो संख्यामा विभिन्न क्षेत्रमा कामदार (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि आवेदन माग गरेको...

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आज प्रतितोला कतिमा हुदैँ छ कारोबार ?

काठमाडौँ । आज नेपाल बजारमा सुनको मूल्यले नयाँ रेकर्डलाई निरन्तरता...

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

विपिनको रिहाइका लागि परिवारले गरायो प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन...

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

समितिद्वारा पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री...