back
CTIZAN AD

मेरियट होटलमा ओली र माधव नेपालबीच वार्ता, सहभागी भन्छन् – वार्ता सकारात्मक भयो

वि.सं.२०७८ वैशाख ८ बुधवार

768 

shares

वैशाख ८, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । विभाजनको संघारमा पुगेको एमालेका दुई नेताबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा भेटवार्ता भएको हो ।

झण्डै दुई घण्टासम्म चलेको भेटवार्तामा एमालेका अन्य नेताहरु पनि सहभागी भएका थिए । दुई नेताबीच वार्ता गराउन अर्थमन्त्रीसमेत रहेका नेता विष्णु पौडेलले मुख्य भूमिका खेलेको थिए ।

भेटवार्तामा के कुराकानी भयो भन्ने विषय भने बाहिर आएको छैन् । दुवै पक्षले भेटवार्ताबारे केहि खुलाएका छैनन् । भेटवार्तामा सहभागी नेता मोतिलाल दुगडले भने पत्रकारलाई वार्ता सकारात्मक भएको बताएका छन् ।

यसअघि बुधबार दिउँसो माधव पक्षीय नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेरै वार्ता र छलफलबाट निकास खोज्न आग्रह गरेका थिए ।

सर्वोच्च अदालतको फैसलासँगै ब्यूँतिएको एमालेमा सुरुवातदेखि नै विवाद छ । फागुन २८ मा प्रधानमन्त्री ओलीले आफुँ पक्षीय केन्द्रीय समितिको बैठक राख्दै एकल रुपमा निर्णय गरेसँगै एमाले विभाजित अवस्थामा पुगेको थियो । ओली पक्षीय बैठकको निर्णयलाई काउण्टर गर्दै माधव पक्षले समानान्तर कमिटीको अभ्यास गरेको छ ।

पछिल्लो कर्णाली प्रकरणसँगै एमालेको विवाद फुटको स्थितिमा छ । कर्णाली घटनासँगै ओलीले माधव नेपालसहित उनी पक्षीय सबै सांसद र नेतामाथि कारबाही गर्ने योजनामा स्पष्टीकरण सोधेका छन् । ओलीले स्पष्टीकरणमा सबै नेतालाई पार्टीबाट निष्कासन गर्न नपर्नुको कारण माग गरेका छन् ।

वि.सं.२०७८ वैशाख ८ बुधवार २०:४३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...