back
CTIZAN AD

नेपाली कांग्रेसका नेता ध्रुव पंगेनीको नेतृत्वमा १ सय २० जना एमालेमा प्रवेश

वि.सं.२०७८ वैशाख ८ बुधवार

1.3K 

shares

स्याङ्जा । नेपाली कांग्रेश निर्वाचन क्षेत्र नं. २ क्षेत्रीय कार्यसमितिका सदस्य ध्रुव पंगेनीको नेतृत्वमा १ सय २० जना कांग्रेसका संगठित सद्स्यहरु नेकपा (एमाले)मा प्रवेश गरेका छन । नेकपा (एमाले) चापाकोट नगर कमिटिको आयोजनामा आंधिघाटमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा त्यसरी कंग्रेसका सयौं कार्यकर्ता पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन ।

एमाले प्रवेश गर्नेहरुमा नेपाल कांग्रेस महाधिवेशन प्रतिनिधि सदस्य यामकुमारी खनाल र नेपाल तरुण दल नगर समिति सदस्य अमृत शाही लगाएत १ सय २० जना रहेका छन । पार्टी प्रवेश गर्नेहरुले कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालको हातवाट अविर तथा माला लगाएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल, विशिष्ट अतिथिको रुपमा नेकपा (एमाले) स्याङ्जाका अध्यक्ष सुर्यप्रसाद गैह्रे र अतिथिहरु नेकपा (एमाले)का प्रदेश सद्स्य किशोरबिक्रम मल्ल र बुद्दीमान श्रेष्ठ लगायतले भनाई राखेका थिए ।

वि.सं.२०७८ वैशाख ८ बुधवार २१:०२ मा प्रकाशित

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...