
९ बैशाख, काठमाडौं । ज्योति विकास बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आ.व. मा ३८.१९ प्रतिशतले नाफा बढाएको छ ।
यो आ.व. को तेस्रो त्रैमासमा बैंकले ६० करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले ४३ करोड ६० लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
बैंकले खराब कर्जामा सुधार गरेको छ । गत आ.व. को समीक्षा अवधिमा खराब कर्जा ०.७६ प्रतिशत रहेकोमा चालु आ.व. को सोही अवधिमा यो ०.५८ प्रतिशत छ ।