वैशाख ९, काठमाडौं । नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्न खोजेको कारबाहीविरुद्व सर्वोच्च अदालतमा रिट दायर गरेको छ । बिहिबार माधव पक्षीय नेताहरु सर्वोच्च पुगेर रिट दायर गरेका हुन् ।
रिटमा फागुन २८ र त्यसयता अध्यक्ष ओलीले गरेका निर्णय गैरकानूनी भएको र पार्टी विधान विपरित भएको दाबी गरिएको छ । रिटमा एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेललगायतलाई विपक्षी बनाइएको छ ।
उनीहरुको निवेदनमाथि आइतबार सुनुवाई पेशी तोकिएको सर्वोच्च अदालतले जनाएको छ।
मंगलबार अध्यक्ष ओलीले माधव नेपाल निकटका २७ जना प्रतिनिधि सभा सदस्य र ५ जना प्रदेशसभा सदस्यमाथि कारबाही किन नगर्ने भन्दै स्पष्टीकरण मागेका थिए ।
तर, यसैबीच रिट निवेदन दर्तासँगै अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच भईरहेको वार्ता सकारात्मक नभएको देखिएको छ ।
वि.सं.२०७८ वैशाख ९ बिहीवार १६:२८ मा प्रकाशित






























