back
CTIZAN AD

मेरियट होटल वार्ता, नेता माधव नेपाल भन्छन् – कुनै प्रगति छैन्

वि.सं.२०७८ वैशाख ९ बिहीवार

903 

shares

वैशाख ९, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । बिहीबार मेरिटय होटलमा झण्डै डेढ घण्टासम्म चलेको भेटवार्ता सकिएको हो ।

वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताएका छन् । वार्ता पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘कुराकानीमा कुनै प्रगति छैन ।’

यसअघि ओली र नेपालबीच बुधबार पनि सोही होटलमा झण्डै २ घण्टासम्म ‘वान टु वान’ वार्ता चलेको थियो । जनाइएअनुसार वार्तामा नेता नेपालले फागुन २८ गते र सोही पछि ओलीले बसाएका बैठक र बैठकको निर्णय फिर्ता हुनुपर्ने अडान राखेका छन् । यता ओलीले भने आफुँले पार्टीको विधानअनुसार निर्णय लिएको भन्दै फिर्ता नहुने बताईरहेका छन् ।

अदालतको आदेशसँगै नेकपा (एमाले) ब्यूँतिएपछि गत फागुन २८ मा ओलीले आफुँ पक्षीय केन्द्रीय समितिको बैठक राख्दै एकल रुपमा निर्णयहरु गराएका थिए । उनले माओवादी छाडेका नेताहरुलाई पार्टी केन्द्रीय समितिमा मनोनित गर्नेदेखि पदाधिकारी समिति खारेज गर्दै पार्टी विधान संशोधनसमेत गरेका छन् ।

वि.सं.२०७८ वैशाख ९ बिहीवार १७:०३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...