८ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको १० हजार १ पिसीआर र ४४७ ऐन्टिऐजिन परीक्षणमा २,४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज थपिएका २,४२८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।
त्यसैगरी आज देशैभरी २५२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका २५२ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९५.३ प्रतिशत हो ।
त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाको कारण ५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका ५ जनासँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय १७ पुगेको छ ।
नेपालमा हालसम्म पिसीआर प्रविधिबाट २३ लाख ७९ हजार ४०२ कोरोनाका नमुना परीक्षण गरिएको छ ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म १९ लाख ६६ हजार ५०६ जनाले कोरोनाविरुद्धको खोप लिएका छन् ।
पछिल्लो २४ घण्टामा थपिए २३५१ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ७८६ जना संक्रमित
वि.सं.२०७८ वैशाख ९ बिहीवार १७:१६ मा प्रकाशित






























