back
CTIZAN AD

बेङ्गलोरको लगातार चौथो जित, देवदत्त पाडिक्कले बनाए सतक

वि.सं.२०७८ वैशाख १० शुक्रवार

762 

shares

१० वैशाख, काठमडौँ । २०२१ को आईपिएलमा विराट कोहलीको कप्तानीमा रहेका रोयल च्यालेन्जर्स बेङ्गलोरले लगातार चौथो जित हासिल गरेको छ । हिजो मुम्बईमा भएको खेलमा बेङ्गलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङ् गरेको राजसथान रोयल्सले २० ओभरमा १७७ रन बनाएको थियो । राजस्थान रोयल्सका लागि सिवम दुबेले सर्वाधिक ४६ रनको पारी खेलेका थिए भने बेङ्गलोरका लागि बलिङ्गमा मोहम्मद सिराज र हर्षल पटेलले सर्वाधिक ३/३ विकेट लिएका थिए ।

राजस्थानले दिएको १७८ रनको लक्ष्य बेङ्गलोरले १६.३ अ‍ोभरमा पुरा गर्यो । बेङ्गलोरका लागि ओपनर विराट कोहली र देवदत्त पाडिक्कले १८१ रनको साझेदारी निभाएका थिए । यसक्रममा देवदत्त पाडिक्कले यस आईपिएलको दोस्रो र आफ्नो आईपिएल करियरको पहिलो सतक लगाएका थिए । उनी ५२ बलमा १०१ रन बनाएर नटआउट रहे। त्यसैगरी कप्तान विराट कोहली पनि ४७ बलमा ७२ रन बनाएर नटआउट रहेका थिए ।

लगातार ४ खेलमा जित निकाल्दैँ रोयल च्यालेन्जर्स बेङ्गलोर ८ अकं सहित अकं तालिकाको शिर्ष स्थानमा पुगेको छ भने राजस्थान आठौँ स्थानमा झरेको छ । ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार ०९:४६ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...