
वैशाख १०, काठमाडौं । नेकपा (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । शुक्रबार सम्पन्न आयोजक कमिटीको बैठकले २६५ सदस्यीय दशौं महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको हो ।
बैठकले नेता माधवकुमार नेपालसहित उनी पक्षलार्ई आयोजक कमिटीलाई राखिएको भएपनि देखिने जिम्मेवारी भने दिएको छैन् । वैशाख ६ देखि सुरु बैठकले अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रस्तावमाथि छलफल गरि पारित गरेको छ ।
बैठकले माधव पक्षका नेताहरुलाई अलग राखेर स्थायी कमिटी गठन गरेको छ भने कर्णाली प्रदेशसभामा पार्टी संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ सांसदलाई सांसद र पार्टी सदस्यबाट पनि निलम्बन गर्ने निर्णय गरेको छ ।
यस्तो छ दशौं महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन