एजेन्सी । हेएस्का माथि जित निकाल्दै एट्लेटिको म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लीएको छ । बिहीबार भएको खेलमा एट्लेटिकोले २–० को जित निकाल्दै शीर्ष स्थानमा उक्लीएको हो ।
एट्लेटिकोकाे जितमा एन्जेल कोरेआले खेलको ३९ औँ मिनेटमा र यानिक कारास्कोले ८० औँ मिनेटमा गोल गरेका थिए ।
उता, लियोनल मेसीले व्यक्तिगत दुई गोलगर्दा समग्रमा हेटाफे माथि ५-२ को जित निकालेको छ । बार्सिलोनाको जितमा मेसीले ८ औँ र ३३ औँ मिनेटमा गोलगरेका थिएभने साक्लाले २८ औँ मिनेटमा ओन गोल गरेका थिए । अरौजोले ८७ औँ मिनेटमा र ग्रीजमेनले इन्जुरी समयमा गोल गरेका थिए । हेटाफेका लागिभने १२ औँ मिनेटमा लेङगेटले ओनगोल र ६९ औँ मिनेटमा उनालले पेनाल्टी मार्फत गोलगरे पनि हार टार्न सकेनन् ।
जितसँगै एट्लेटिको अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएको छ । उसले ३२ खेलबाट ७३ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको समान खेलबाट ७० अंक र एक खेल कम खेलेकाे बार्सिलोना ६८ अंक सहित तेस्रो स्थानमा रहेको छ ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार १६:३९ मा प्रकाशित



























