back

पछिल्लो २४ घण्टामा देशैभरी थपिए २५५९ कोरोना संक्रमित, ५ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १० शुक्रवार

333 

shares
GLOBAL IME AD
NTC AD

१० बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ८ हजार ७९८ पिसीआर र ८६६ ऐन्टिऐजिन गरी ९,६६४ नमुना परीक्षणमा २,५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज थपिएका २५५९ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४१० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४१० जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ रहेको छ । कोरोना संक्रमणबाट निको हुनेको दर ९३.९ प्रतिशत हो ।

त्यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाको कारण ५ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका ५ जनासँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १ सय २२ पुगेको छ ।

नेपालमा हालसम्म पिसीआर प्रविधिबाट २३ लाख ८८ हजार २०० कोरोनाका नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म १९ लाख ७८ हजार २३९ जनाले कोरोनाविरुद्धको खोप लिएका छन् ।

आज देशैभरी २४२८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १० शुक्रवार १६:४० मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...