back
CTIZAN AD

साउदीमा तीन महिना कोमामा पुगेका मोरङका वेदबहादुर भुजेल बाँचेर घर फर्किए

वि.सं.२०७८ वैशाख १० शुक्रवार

561 

shares

१० वैशाख,काठमाडौँ । रोजगारीका शिलशिलामा साउदी अरब पुगेका मोरङका बेदबहादुर भुजेल तीन महिना कोमाबाट बाँचेर घर फर्किएका छन् ।

हरैचा-९ मोरङका  भुजेल  साउदीस्थित नेपाली दूतावासको पहल र एनआरएनए साउदीको सहयोगमा बाँचेर नेपाल फर्किन सफल भएकाे गैरआवासीय नेपाली संघको बैदेशिक रोजगार तथा कल्याणकारी विभागले जानकारी दिएको छ ।

यस्तो छ भुजेलको कहानी
परिवारको आवश्यकता पूरा गर्ने, छोराको उचित पालनपोषण गर्ने र सहज जीवनयापनको सपना बोकेर वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका थिए भुजेल । तर आफूले साउदीमा आफूले भनेको जस्तो काम नपाएपछि उनी बेखर्ची मात्र होइन गैरकानुनी रुपमा बस्न बाध्य भए ।

आफ्नो परिवारमा खुशी ल्याउने इच्छा पालेर साथ साउदी पुगेका भुजेलको जिन्दगीमा नसोचेको बज्रपात पर्यो । साथीभाइहरुको सहयोगमा गैरकानुनी हैसियतमा रहेर पनि एक कम्पनीमा सामान्य काम सुरु गरेका भूजेल कामकै क्रममा ठूलो दुर्घटनामा परे । उनी स्थानिय अस्पतालमा साढे दुई बर्षसम्म उपचारका लागि भर्ना भए । त्यस अवधि मध्ये तीन महिनासम्म त भूजेल कोमामा परेका थिए । परदेशमा बेखर्ची रहेका भूजेलेलाई अस्पतालले दुई करोड ५० लाख ९८ लाख (२३ हजार रिहाद) को बिल थमाईदियो । खानबस्न समेत समस्यामा परेका भूजेल अस्पतालको बिल देखेर छाँगाबाट खसे जस्तै भए । बिल तिर्न नसक्ने भएपछि साउदी अरबको रियादस्थित फ्यामेलीकियर अस्पतालले उनी विरुद्ध मुद्धा दायर गरेको थियो ।

सोही मुद्दाका कारण भूजेलले साउदी अरब छोड्न नपाउने स्थितिमा पुगे । विभिन्न माध्यमबाट उनी नेपाली दूतावास र गैरआवासीय नेपाली संघको सम्पर्कमा पुगे । दुई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भूजेलको मुद्दा फिर्ता गराउन नेपाली दूतावासले पहलकदमी लियो । नेपाली दूतावासको विशेष पहलकदमी पछि अस्पतालले भूजेलविरुद्ध अदालतमा रहेको मुद्दा फिर्ता लिईदियो । भूजेलको मुद्दा त फिर्ता भयो तर नेपाल फर्कने कुनै उपाय लागेन । आर्थिक रुपमा निकै कमजोर रहेका भूजेलको सहयोगको लागि नेपाली दूतावास साउदीले गैरआवासीय नेपाली संघलाई आग्रह गर्यो र उनको नेपालसम्मको उद्धारको जिम्मेवारी संघले लिएको थियो ।

संघको कोभिड–१९ राहत तथा उद्दार कार्यक्रम अन्तर्गत उनलाई साउदी देखि विराटनगरसम्म पुग्न आवश्यक हवाई टिकट, काठमाण्डौंमा बस्न तथा खानाको व्यवस्था गरिएको थियो । उनको सहयोगार्थ संघले आफ्ना स्वयंसेवकहरु परिचालन समेत गरेको थियो । विराटनगरबाट घरसम्म जानका लागि गाडीको समेत व्यवस्था संघले मिलाएको थियो । गैरआवासीय नेपाली संघले सञ्चालन गरेको वैदेशिक रोजगारीमा रहेका नेपालहरुको उद्धार र पुर्नस्थापना कार्यक्रमअन्तर्गत भूजेलको सम्पूर्ण खर्च व्यहोरेर उनलाई परिवार समक्ष बुझाएको हो । भूजेलको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको छ ।

वैदेशिक रोजगारीको लागि १ लाख रुपैयाँ चर्को ब्याजमा क्रण लिएका भूजेलको ऋण अहिले ब्याजसहित ३ लाख ५० हजार भन्दा बढी नाघी सकेको छ । परिवारसँगको भेट पछि प्रसन्न रहेका भूजेल अब के गर्ने भनेर चिन्तित छन् । अहिले उनको ठूलो चिन्ता साहुको क्रण कसरी तिर्ने भन्ने हो । उनी भन्छन्, जसोतसो बाँचेर त आएँ तर अब के गर्ने भन्ने चिन्ता छ ।

साउदी अबरस्थित नेपाली दूतावासले बिहीवार एक विज्ञप्ति जारी गर्दै उनको उपचार खर्च मिनाह गर्ने रियादस्थित फ्यामेलीकियर अस्पताल, स्वदेश फिर्तिको लागि आवश्यक सम्पूर्ण प्रवन्ध गरिदिने गैरआवासीय नेपाली संघ लगायतलाई धन्यवाद ज्ञापन गरेको छ ।

संघका उपाध्यक्ष एवं बैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक डा. बद्री के.सीले वैदेशिक रोजगारीमा अलपत्रमा परेका नेपाली श्रमिकहरुलाई राहत तथा उद्दारको काम जारी रहेको बताए ।

उनले संघको यस कार्यक्रम अन्तर्गत सेप्टेम्वर २०२० देखि हाल सम्म कोभिड–१९ का कारणले समस्यामा परेका १७००० भन्दा बढी नेपाली श्रमिहरुलाई राहत तथा उद्दार सम्बन्धि सहयोग पु¥याएको बताए ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १९:१३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...