back

माओवादीबाट हटाइएका थापालाई नै एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

वि.सं.२०७८ वैशाख १० शुक्रवार

405 

shares
GLOBAL IME AD
NTC AD

१० वैशाख, काठमाडौँ । नेकपा एमालेमा छिरेपछि माओवादीबाट कार्वाहीमा परेर राष्ट्रिय सभा सदस्य पद गुमाउन पुगेका रामबहादुर थापा बादललाई सत्तारुढ नेकपा(एमाले)ले राष्ट्रिय सभा सदस्य बनाउने भएको छ ।

बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने जानकारी गराएका हुन् ।

जेठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापा नै एमालेको उम्मेदवार हुने बताउँदै उनले यसबारेमा छिट्टै निर्णय गरिनेसमेत बताएका थिए ।

अध्यक्ष ओलिले भने ‘हाम्रो पार्टीतिर लागेका कारणले माओवादीले कारबाहीको नाउमा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुनस् जिताएर ल्याइनेछ ।’

उनले एमालेमा लागेपछि जसरी नि संरक्षण हुने समेत बताएका थिए ।

नेकपा(माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य बनेका थापालाई एमालेमा लागेका कारण माओवादी केन्द्रले सांसदबाट हटाएको थियो । सांसद पद खोसिएपछि रिक्त रहेको थापाको पद पूर्ति गर्न जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १९:४२ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...