back
CTIZAN AD

माओवादीबाट हटाइएका थापालाई नै एमालेले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने

वि.सं.२०७८ वैशाख १० शुक्रवार

762 

shares

१० वैशाख, काठमाडौँ । नेकपा एमालेमा छिरेपछि माओवादीबाट कार्वाहीमा परेर राष्ट्रिय सभा सदस्य पद गुमाउन पुगेका रामबहादुर थापा बादललाई सत्तारुढ नेकपा(एमाले)ले राष्ट्रिय सभा सदस्य बनाउने भएको छ ।

बालुवाटारमा बसेको दसौं महाधिवशेन आयोजक कमिटी बैठकमा सम्बोधनका क्रममा अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापालाई नै आगामी उपचुनावमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने जानकारी गराएका हुन् ।

जेठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापा नै एमालेको उम्मेदवार हुने बताउँदै उनले यसबारेमा छिट्टै निर्णय गरिनेसमेत बताएका थिए ।

अध्यक्ष ओलिले भने ‘हाम्रो पार्टीतिर लागेका कारणले माओवादीले कारबाहीको नाउमा रिक्त बनाएका पदहरु ३५ दिनदेखि ६ महिनाभित्र हुने चुनावमा पुनस् जिताएर ल्याइनेछ ।’

उनले एमालेमा लागेपछि जसरी नि संरक्षण हुने समेत बताएका थिए ।

नेकपा(माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य बनेका थापालाई एमालेमा लागेका कारण माओवादी केन्द्रले सांसदबाट हटाएको थियो । सांसद पद खोसिएपछि रिक्त रहेको थापाको पद पूर्ति गर्न जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचन हुँदैछ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १९:४२ मा प्रकाशित

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

मधेस प्रदेशमा गहुँ उत्पादनमा कमी

जनकपुरधाम । गहुँ उत्पादनका लागि उर्वर र अग्रणी मानिएको मधेस...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक। मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए राति...

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६...

बाँझो जमिनमा स्याउखेती  २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती  २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी जमिनमा...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...