एम सी सी सबै भन्दा भार हो देशको लागि,
यो पनि राष्ट्रघाती सरकार हो देशको लागि ।
आफ्नै निजी स्वार्थमा नेताले देश बेच्दैछन्,
रण क्षेत्र बनाउने हतियार हो देशको लागि ।
देशका जनताले सुरु देखुन बिरोध गर्दै छन्,
गृहयुद्ध जस्तै यो ब्यवहार हो देशका लागि ।
भुल्यो त्यो कुनै दिनमा ब्यपारी बनेर आथ्यो,
साच्चै उपनिबेशको औतार हो देशको लागि ।
उस्को उद्धेश्य थ्रेडहोल्डर जस्तैहो भनि बुझौ,
मानचित्रबाट हटाउने आधार हो देशको लागि ।
भन्छौ यार हाम्रो देशमा कम्युनिष्टको राज छ,
किन बुझ्न सक्दैनौ यो जार हो देशको लागि ।
वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:०७ मा प्रकाशित