back
CTIZAN AD

लघुकथाः कवितासङ्ग्रह

वि.सं.२०७८ वैशाख ११ शनिवार

816 

shares

कवि हेमबहादुर निम्नस्तरको परिवारमा जन्मेको थियो । उसलाई सानैदेखि साहित्यमा लागेर रमाउन निकै रुचि भयो । उसले आफूले बेला बेलामा कविता, गीत, गजल लेखिरहन्थ्योे । नाम चलेका साहित्यकारहरुको कृति पढेर समीक्षा लेख्न पनि उसलाई निकै मन लाग्थ्यो । बेला बेलामा उसले पढ्न पाएका नयाँ नयाँ कृतिहरुको पढेर समीक्षा लेखेर विभिन्न पत्रिकामा छपाउने गर्दथ्यो । एकदिनको कुरा हो कवि लेखरामको नयाँ कविता सङ्ग्रह निस्क्यो । कवि लेखरामसंंग उसले ‘तपाईको नयाँ निस्केको कवितासङ्ग्रह मलाई एकप्रति दिनु नि’ भन्यो । ‘तपाईलाई म फ्रि मा मेरो कवितासङ्ग्रह दिन सक्दिन बजारमा किनेर पढिदिनु र पढेर मलाई प्रतिक्रिया दिनु नि म तपाईलाई धेरै धेरै धन्यवाद टक्रयाउछु’ कवि लेखरामले भन्यो ।

‘तपाईको कवितासङ्ग्रह पढेर समीक्षा पनि लेखेर कुनै न कुनै साहित्यिक पत्रिकामा प्रकाशित गर्छु नि’ कवि हेमबहादुरले भन्यो । ‘तपाईले मेरो कवितासङ्ग्रहको समीक्षा लेख्नु पर्दैन किनेर पढेर मलाई प्रतिक्रिया दिनु भए पुग्छ’ कवि लेखरामले भन्यो । ‘मसँग तपाईको कवितासङ्ग्रह किन्ने पैसा छैन म तपाईको कवितासङ्ग्रह किनेर पढ्न सक्दिन’ कवि हेमबहादुरले भन्यो ।

‘मेरोे कवितासङ्ग्रह किनेर पढिदिनु भयो भने म तपाईलाई मुरी मुरी धन्यवाद टक्रयाउछु फ्रिमा दिन सक्दिन’ कवि लेखरामले भन्यो । ‘त्यसो भए मलाई तपाईको कवितासङ्ग्रह चाहिदैन म तपाईको कवितासङ्ग्रह तपाईले पढ्नु भने पनि पढ्दीन’ कवि हेमबहादुरले भन्यो ।

 

वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:१० मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...