back
CTIZAN AD

कविताः ऐंठन

वि.सं.२०७८ वैशाख ११ शनिवार

1K 

shares

अचेलभरि खुब ऐंठन हुन्छ ।
अपत्यारिलो ऐंठन,
असुरक्षित ऐंठन,
अस्वाभाविक ऐंठन,
असह्य ऐंठन ।

परिचित जीवित आत्माहरुको
एक हूल समुह आएर गर्छन ऐंठन,
वरलोक बाट आएको
स–दृष्य, चित्र सहितको
बिचित्र किसिमको ऐंठन ।

भ्रष्टाचारको नङ्ग्रा गाड्दै
जोड जोडले चिथोर्दै
बलत्कारी ति राता आँखा
अत्याचारी ति काला मन
छ्याल ब्याल कु–कर्तुतले
गर्दैछ एकोहोरो ऐंठन ।

आफ्नै आश्रयस्थानमा आएर
आफ्नै ढोकामा उभिएर
ताण्डव नृत्य देखाउँदै
आफ्नै सु–सैयामा
गर्दैछ आज उसले ऐंठन ।

सत्ताको आडमा
भत्ता चपाउँदै,पचाउँदै
सुन्दर जनमा लात्ती हान्दै
निर्दोष अनुहारहरुमा
दोष देखाउँदै, खोट लगाउँदै
कहिले उचाल्दै पछार्दै
कहिले पछार्दै उचाल्दै
गर्दैछ अप्राकृतिक ऐंठन ।

–उ छट्पटाईरहेकि छिन्
कराईरहेकि छिन्
हार–गुहारको ध्वनी गुन्जाईरहेकि छिन्
केवल ध्वनी गुन्जाईरहेकि छिन् ।।।)

भ्रष्टाचारको नङ्ग्रा गाड्दै
जोड जोडले चिथोर्दै
बलत्कारी ति राता आँखा
अत्याचारी ति काला मन
छ्याल ब्याल कु–कर्तुतले
गर्दैछ एकोहोरो ऐंठन ।

उज्याला दिनमा गरिने अँध्यारा कर्म
अँध्यारा रातमा गरिने ति ज्वारभाटा पाप
आमा बेच्ने,बाबु धरौटी राख्ने
दाजु काट्ने र दिदी साट्ने
सहनै नसक्ने यो चरम ऐंठन ।

अँ साच्चै,
अहिले मेरी आमा
मेरी ‘नेपाल आमा’
ऐंठन
सहेर बसेकिछिन्,
तर,
जुनदिन आमाले हामीलाई ऐंठन गर्नुहुनेछ
हाम्रो के हुन्छ होला, हगी ?

 

वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:१२ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...