back

कविताः ऐंठन

वि.सं.२०७८ वैशाख ११ शनिवार

501 

shares
GLOBAL IME AD
NTC AD

अचेलभरि खुब ऐंठन हुन्छ ।
अपत्यारिलो ऐंठन,
असुरक्षित ऐंठन,
अस्वाभाविक ऐंठन,
असह्य ऐंठन ।

परिचित जीवित आत्माहरुको
एक हूल समुह आएर गर्छन ऐंठन,
वरलोक बाट आएको
स–दृष्य, चित्र सहितको
बिचित्र किसिमको ऐंठन ।

भ्रष्टाचारको नङ्ग्रा गाड्दै
जोड जोडले चिथोर्दै
बलत्कारी ति राता आँखा
अत्याचारी ति काला मन
छ्याल ब्याल कु–कर्तुतले
गर्दैछ एकोहोरो ऐंठन ।

आफ्नै आश्रयस्थानमा आएर
आफ्नै ढोकामा उभिएर
ताण्डव नृत्य देखाउँदै
आफ्नै सु–सैयामा
गर्दैछ आज उसले ऐंठन ।

सत्ताको आडमा
भत्ता चपाउँदै,पचाउँदै
सुन्दर जनमा लात्ती हान्दै
निर्दोष अनुहारहरुमा
दोष देखाउँदै, खोट लगाउँदै
कहिले उचाल्दै पछार्दै
कहिले पछार्दै उचाल्दै
गर्दैछ अप्राकृतिक ऐंठन ।

–उ छट्पटाईरहेकि छिन्
कराईरहेकि छिन्
हार–गुहारको ध्वनी गुन्जाईरहेकि छिन्
केवल ध्वनी गुन्जाईरहेकि छिन् ।।।)

भ्रष्टाचारको नङ्ग्रा गाड्दै
जोड जोडले चिथोर्दै
बलत्कारी ति राता आँखा
अत्याचारी ति काला मन
छ्याल ब्याल कु–कर्तुतले
गर्दैछ एकोहोरो ऐंठन ।

उज्याला दिनमा गरिने अँध्यारा कर्म
अँध्यारा रातमा गरिने ति ज्वारभाटा पाप
आमा बेच्ने,बाबु धरौटी राख्ने
दाजु काट्ने र दिदी साट्ने
सहनै नसक्ने यो चरम ऐंठन ।

अँ साच्चै,
अहिले मेरी आमा
मेरी ‘नेपाल आमा’
ऐंठन
सहेर बसेकिछिन्,
तर,
जुनदिन आमाले हामीलाई ऐंठन गर्नुहुनेछ
हाम्रो के हुन्छ होला, हगी ?

 

वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:१२ मा प्रकाशित

कविता : पैसा

कविता : पैसा

कोपिला बर्देवा, काठमाडौं  पैसाले सारा संसार चल्ने रहेछ हुनेलाई पो...

गजल

गजल

नवराज न्यौपाने ’मौन’,गोरखा सँगै बस्ने थियो आशा टुट्यो है बाध्यताले...

लघुकथा : सहयायी

लघुकथा : सहयायी

मनीषकुमार शर्मा ‘समित’,मध्यपुर ठिमी, भक्तपुर बुढा भएका वरपीपल सँगै बसेर...

कविता : शिशिर ऋतु

कविता : शिशिर ऋतु

मचिन्द्र खत्री, धरान, सुनसरी सरसर चल हावा,शीत सर्को लिएर थरथर...

कविता : कविताको मृत्यु

कविता : कविताको मृत्यु

बाबुराम न्यौपाने ‘उत्स’, दमक, झापा संसारभरि कसैले हल्ला फैलायो ए...

गजल

गजल

सुशील रिजाल, किर्तिपुर, काठमाडौं भुलेँ प्यास सारा नसाको रहरमा छु...