back

पाँच मुक्तक

वि.सं.२०७८ वैशाख ११ शनिवार

351 

shares
GLOBAL IME AD
NTC AD

१.
पिरतीले पागल झैँ भाछु नखरा नसम्झनु
सहन्छु जे नि तिम्रा लागि बिचरा नसम्झनु
के गर्नु र नारी,पुरुषको त जातै यस्तो रहेछ,
पछि पछि त लागी हाल्छु भमरा नसम्झनु ।
२.
गर्दिन भन्दा नि जानी नजानी भईहाल्दो रैछ
कहिले आगो त कहिले पानी भईहाल्दो रैछ
कसलाई रहर छैन र यहाँ बाँचिरहुँ म सँधैभरि
नमान्दा नमान्दै शरिर खरानी भईहाल्दो रैछ ।
३.
किन हो तिम्रो तस्विर बोले जस्तो लाग्छ
नदेखेमा तिम्लाई भित्र पोले जस्तो लाग्छ
तिमी हिड्ने बाटा भरी आँखा छरीई बस्छन,
जून बाटामा तिम्रो प्रीत घोले जस्तो लाग्छ ।
४.
भेटिन लाई सजिलो छ छोड्न लाई गाह्रो छ
लक्ष्य तोकीएको यात्रा मोड्न लाई गाह्रो छ
सबैलाई दुख्छ उस्तै बुझ्नु उपेक्षा गर्नु अघि
टुक्रीसके पछि यो मन जोड्न लाई गाह्रो छ ।
५.
आउँछ टप्प टिपी लान्छ चिन्ता लागेर के गर्नु
काल आएको थाहै पाईदैन लुकी भागेर के गर्नु
जतिन्जेल बाँचिन्छ छर्नु बरु शुवास यत्र तत्र
सुन्ने भए पो निर्दयी त्यो याचना मागेर के गर्नु ?

वि.सं.२०७८ वैशाख ११ शनिवार ०६:१४ मा प्रकाशित

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागिता

काठमाडौं । बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट...

चारु राग विराग

चारु राग विराग

डिल्ली राज घिमिरे, अर्घाखाँची हुन् गौतम बुद्ध मान हेर हाम्रो...

गजल

गजल

बिष्णुकुमार बराइली मिरिक, दार्जीलिङ ऊ सोच्छ आफैँ बनेछु नायक छ...

गजल

गजल

उत्तम विचार, नुवाकोट ठुला मान्छे दम्भ गर्छन् र सानाको अर्थ...

झिल्का कविता

झिल्का कविता

बाबुराम गौतम, गुल्मी १. अनेकतामा एकता बनाऊँ शत्रुसामु कहिल्यै नझुक्ने...

कविता : देशप्रेम

कविता : देशप्रेम

कलानिधि दाहाल, काठमाडौं हुँदैन राष्ट्रसाँध यो विशाल विश्व राष्ट्र हो...