१२ बैशाख, राँझा । कोरोना भाइरस सङ्क्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नेपालगञ्ज–३ की ६२ वर्षीया मोहम्मद सिद्धिकी रहेकी छन् । उपचारका क्रममा शनिबार उनको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना भएकी थिइन् ।
नेपाली कांग्रेसको तर्फबाट संविधानसभा सदस्य समेत रहेकी उनी विसं २०३६ देखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएक्री थिइन् । सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्रमा समेत विशेष रुपमा सक्रिय रहँदै आएकी थिइन् । उनी नेपालगञ्जमा स्थापित फातिमा फाउण्डेशन नेपालको संस्थापक अध्यक्षसमेत हुन् । योसँगै कोरोना सङ्क्रमणबाट बाँकेमा मृत्यु हुनेको सङ्ख्या ७८ पुगेको छ ।
वि.सं.२०७८ वैशाख १२ आइतवार ०८:४६ मा प्रकाशित






























