१२ बैशाख, काठमाडौं । अस्पतालका डाक्टर, स्टाफ नर्स, प्रशासनिक कर्मचारी लगायतमा कोरोना संक्रमण देखिएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल एकसाताका लागि बन्द गरिएको छ ।
अस्पतालमा विरामीको उपचारमा खटिएका ९० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैशाख १२ देखि १८ गतेसम्म इमरजेन्सी बाहेक अन्य सबै सेवा बन्द गरिने अस्पतालले एक सूचना जारी गरेर जनाएको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार ०९:०० मा प्रकाशित






























