back
CTIZAN AD

एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक, माधव पक्षलाई थप कारबाही गर्ने तयारी

वि.सं.२०७८ वैशाख १२ आइतवार

804 

shares

वैशाख १२, काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित उनी पक्षीय नेताहरुमाथि थप कारबाहीको तयारी गरेको छ । सरकारविरुद्व अविश्वासको प्रस्ताव ल्याउने तयारी भईरहेको बेला एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बोलाउँदै कारबाहीको तयारी गरेको हो ।

एमाले स्रोतले बताएअनुसार माधव पक्षले विपक्षी दलहरुलाई अविश्वासको प्रस्ताव ल्याए साथ दिने बचन दिएको कुरा बाहिरिएसँगै कारबाहीको तयारी गरिएको हो । जनाइअनुसार तत्काल माधव नेपालसहित केहि उनी पक्षीय केहि नेतामाथि निलम्बनको कारबाही हुनेछ ।

यसअघि माधव नेपालसहित उनी पक्षीय २७ प्रतिनिधि सभा सदस्य र ५ प्रदेशसभा सदस्यमाथि स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण सोधिएका ४ प्रदेशसभा सदस्यलाई एमालेले पार्टी र सांसदबाट निष्कासन गरिसकेको छ ।

यसअघि कर्णाली प्रदेशसभामा भएको मतदानमा एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै माओवादी नेतृत्वको सरकारलाई जोगाइदिएका थिए । पार्टी संसदीय दलको ह्वीप विपरित गरिएको उक्त कदम प्रतिनिधि सभा दोहोरिन सक्ने चिन्ता एमाले नेतृत्वमा छ ।

एमाले स्रोतले बताएअनुसार बालुवाटारमा अहिले पार्टी स्थायी समिति बैठक बसिरहेको छ । स्थायी समिति बैठक लगत्तै महाधिवेश आयोजक कमिटीको बैठक बसि थप निर्णय लिनेछ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार ११:४१ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...