back
CTIZAN AD

भरतपुर आँखा अस्पतालमा गणेश मन्दिर स्थापना

वि.सं.२०७८ वैशाख १२ आइतवार

795 

shares

१२ बैशाख, चितवन । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा गणेशको मन्दिर स्थापना गरिएको छ ।

नारायणगढ निवासी किरणलाल प्रधानका दाजुभाइ तथा दिदीबहिनीको परिवारले बुवा ८० वर्षीय भीमलाल र आमा ७३ वर्षीया राममती इच्छानुसार अस्पतालमा मन्दिर निर्माण गरिदिएको हो । छोरा– बुहारी किरणलाल र सुनिता, सुरेशलाल र सरिना, छोरी शान्ति र सनिताले बुवाआमाको चाहनानुसार मन्दिर निर्माण गरेका हुन् ।

भक्तपुरे कालीगढमार्फत मौलिक ढाँचामा मन्दिर निर्माण गरिएको किरणलालले बताए। बुवाआमाको चाहनाअनुसार परिवारले मन्दिर निर्माण गरेको उनका भनाइ छ । शनिबार मन्दिरमा राखिने गणेशको मूर्ति पूजा तथा प्राणप्रतिष्ठा गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालका अध्यक्ष कृष्णराज धरेल र प्रमुख मेडिकल निर्देशक एवं आँखारोग विशेषज्ञ डा रघुनन्दन व्यञ्जुलाई उक्त मन्दिर हस्तान्तरण गरिएको हो । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा मन्दिर निर्माण गरेर पवित्र काम गरिएको अस्पतालका अध्यक्ष धरेलले बताए।

अस्पतालमा हालसम्म कुनै पनि मन्दिर बनेका थिएनन् । अस्पतालमा आउने आँखाका बिरामीलाई दर्शन गर्न सहज होस् भनेर बनाइएको मन्दिरको सबै जिम्मेवारी अस्पताललाई आइसकेको हुँदा त्यसको संरक्षणमा विशेष ध्यान दिइने उनका भनाइ छ । अस्पतालमा दैनिक ५०० भन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन् ।
रासस

वि.सं.२०७८ वैशाख १२ आइतवार ११:३२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...