१२ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशमा कोरोना महामारी अनियन्त्रित र विकराल बन्दै गएकोले त्यसतर्फ विशेष ध्यान दिन प्रधानमन्त्री केपी शर्मालाई आग्रह गरेका छन् ।
थापाले यस्तो अवस्थामा जनता स्वयम् प्रधानमन्त्रीबाट सरकारले गरेका प्रयास र योजनाबारे सुन्न र बुझन् चाहेको भन्दै केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँतीमा राखेर महामारी नियन्त्रणमा ध्यान दिन समेत अध्यक्ष थापाले आग्रह गरेका छन् ।
केही समय उदघाटन,शिलान्यास र पार्टी विवादलाई थॅाति राखेर कोरोना महामारी नियन्त्रणमा ध्यानदिन प्रम @kpsharmaoli लाई आग्रह गर्दछु।कोरोना अनियन्त्रित र विकराल बन्दैछ।यस अवस्थामा जनता स्वयं प्रमबाट सरकारले गरेका प्रयास र योजनावारे सुन्न बुझ्न चाहन्छन्।दु:खको बेला जनता भरोसा खोजिरहेछन्
— Kamal Thapa (@KTnepal) April 25, 2021
वि.सं.२०७८ वैशाख १२ आइतवार १३:२२ मा प्रकाशित