१२ बैशाख, काठमाडौं । कुमारी बैंकले चालु आथिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको आर्थिक विवरण सार्वजनिक गरेको छ । बैंकले यो त्रैमासमा मात्र साढे ७८ प्रतिशत बढीको खुद नाफा हासिल गरेको छ ।
बैंकले यो आर्थिक वर्ष ७८.५७ प्रतिशतले खुद नाफामा बृद्धि गर्दै ७९ करोड रुपैयाँ कमाउदै कुल १ अर्ब ८० करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको पुस मसान्तमा १ अर्ब १ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले त्रेस्रो त्रैमासमा ९८ करोड ४६ लाख ४९ हजार रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । चालु आवको चैत मसान्तसम्म बैकको बेसरेट ७.६३ प्रतिशत, स्प्रेडरेट ३.१९ प्रतिशत र प्रतिसेयर मूल्य ३ सय ३८ रुपैयाँ रहेको छ ।
वि.सं.२०७८ वैशाख १२ आइतवार १३:२५ मा प्रकाशित





























