
वैशाख १२, काठमाडौं । सरकारले तत्कालै देशव्यापी लकडाउन नगर्ने भएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार लकडाउन दिर्घकालिन समाधान नभएको निष्कर्षअनुसार लकडाउन नगरिने भएको हो ।
उनका अनुसार अति संक्रमण देखिएका ‘हटस्पष्ट’ क्षेत्रमा भने लकडाउन गरिन सक्नेछ । ‘भर्खर–भर्खर अर्थतन्त्र तंग्रिन थालेको हुनाले सकभर अर्थतन्त्रमा, जिविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना छ, त्यसकारण हटस्पटहरुमा असली लकडाउन हुनसक्छ तर देशव्यापी लकडाउन हुँदैन्’, आइतबार नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बैठकपछि पत्रकारसँग उनले भने ।
उनका अनुसार सरकार सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गराउनमै केन्द्रीत रहनेछ । लकडाउनले एकछिनलाई संक्रमण न्यूनिकरणलाई सहयोग गरेपनि दिर्घकालिन समाधान नगर्ने उनको भनाई छ ।
उनले अघि भने, ‘अहिलको हाम्रो आग्रह सबै नागरिकलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस भन्ने नै छ । किनभने लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ तर दिर्घकालिन समाधान होइन् ।’
यसैबीच नेकपा (एमाले)ले सबै नेता तथा कार्यकर्तालाई कोभिड–१९ को संक्रमणलाई रोकथाम तथा न्यूनिकरण गर्ने अभियान चलाउन निर्देशन गरेको छ । आइतबार सम्पन्न दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै देशव्यापी खटिन नेता तथा कार्यकर्तालाई निर्देशन गरेका हुन् ।
‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एमालेको सबै संरचनाका नेता कार्यकर्ताहरूलाई कोभिड(१९ विरुद्धको लडाइँमा सक्रिय रहन निर्देश गर्नुभएको छ । सरकारले पनि आफ्नो स्थानबाट अधिकतम प्रयास गरिरहेको जाकमनकारी गारउनुभयो’, बैठकपछि एमाले प्रवक्ता ज्ञवालीले भने ।