back
CTIZAN AD

भूकम्पको पीडाले भन्दा ऋणले पोल्छ पीडितलाई

वि.सं.२०७८ वैशाख १२ आइतवार

621 

shares

१२ बैशाख, काठमाडौं । गोरखा भूकम्पपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत भएका उनले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाएनन् ।

दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरेपनि छाउँदाको पुतली गाह्रो हटाएपछि मात्रै प्राधिकरणले मापदण्ड मान्ने र भुक्तानी दिने भनेर प्रगती र भुक्तानी रोकेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेमबहादुर लम्सालले भत्केको घर प्राविधिक आउनुपूर्व नै तयार गरे । उनले पनि तेस्रो किस्ताको रकम पाउएका छैनन् । प्राधिकरणले तोकेको मापदण्डअनुसार नभएको जनाउँदै किस्ताको रकम रोकिएको उनको गुनासो गरे ।

वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले घर भत्किँदा छोराछोरी च्यापेर दगुरेको पीडाभन्दा सरकारीअनुदान पाउने आशामा काढेको ऋणले उनीहरुलाई पोलिरहेको छ । जिल्लामा पुनःनिर्माण प्राधिकरणले भुक्तानी रोकेका कारण पीडामा ऋणको भारी बोकेकाको सङ्ख्या धेरै छ ।

ताराखोला गाउँपालिकाका एक लाभग्राहीले ढुङ्गाले छाएको भनेर प्राधिकरणका प्राविधिकले मूल्याङ्कन नगरेपछि किस्ता पाएका छैनन् । उनको ढुङ्गाको छाना फालेरजस्ता लगाउनुपर्ने भन्दै जिल्ला तहका प्राविधिकले रोकेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले जानकारी दिइन ।

भूकम्पपछिको पुनर्निर्माणको काम थालेको छ वर्षमा पनि जिल्लामा अझै २८ प्रतिशत लाभग्राहीको घर बन्न सकेको छैन । महाभूकम्पको पाँच वर्ष पुग्दा पीडितले कहालिलाग्दो दिन सम्झिरहेकाछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत जिल्लाका निजी आवास निर्माणमा ७२ प्रतिशत मात्रै प्रगतिदेखिएको हो । दुई हजार ४५२ निजी आबास निर्माण गर्नुपर्ने प्राधिकरणले अझै ५०० घर निर्माण गर्न नसकेको हो ।

जिल्ला आयोजना कार्यालयका निमित्त प्रमुख रेणुका पाण्डेकाअनुसार २४४ घर निर्माणाधीन छन् । सन्ताउन्न घरले किस्ता नलगेको र २०१ घरले सम्झौता नगरेकोले लाभग्राहीबाट स्वःतह हटाइएको उनले बताइन । प्राधिकरणले पाँच वर्षको अवधिमा दुई पक्की पुल निर्माण गरिरहेको र झण्डै १० किमी सडक निर्माण गरेको छ ।

जिल्लाका १७९ विद्यालयमध्ये हालसम्म ११६ भवन निर्माण सम्पन्न भएका छन् । त्रिसठ्ठी विद्यालय निर्माणाधीन अवस्थामा छन् । यो अवधिमा दुई स्वास्थ्य चौकीसमेत निर्माण भएका छन् । अन्ठाउन्न विद्यालयको शौचालय निर्माणकालागि लाभग्राहीको सूचिमा समावेशमध्ये ४० शौचालय बनेका छन् । अझै १८ शौचालय निर्माणाधीन रहेको शिक्षा अधिकारी मोतीलाल चपाइँले जानकारी दिए ।

उनले विद्यालय हेर्ने शिक्षा शाखा, भवन हेर्ने र समग्रता हेर्ने गरी तीन प्रकारका कार्यालय भएकोले प्राविधिक र लाभग्राहीले समन्वयको अभाव भएको गुनासो गरे । प्राधिकरणले जिल्लामा निर्माण गरिरहेको एकीकृत वस्तिको काम भने अन्तिम चरणमा पुगेको छ । यही वैशाख महिनाभित्रै काठेखोला गाउँपालिका–५ बिहुँमा निर्माणाधीन एकीकृत वस्तिको काम सकिने जनाइएको छ ।

दश परिवारकालागि बनिरहेका घरमध्ये सात घर निर्माण सम्पन्न भएकाछन् भने बाँकी तीन घरको निर्माणको काम चलिरहेको छ । बस्तिमा निर्माण गरिने सडक, खोपानी, शौंचालय, विद्युत्लगायतका संरचनाको निर्माण भने अन्यौल छ । रासस

वि.सं.२०७८ वैशाख १२ आइतवार १४:०५ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...